गोरखा समाचारदाता
गोरखा – स्याङजाको गल्यांङमा ट्रिपर दुर्घटना हुदा ४ जना घाईते भएका छन । घाईते मध्ये १ जनाको अवस्था चिन्ता जनक भएको भन्दै थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङजाले दिएको जानकारी अनुसार गल्याङ नगरपालिका ३ को खरीपानी स्थित सिद्वार्थ राजमार्गमा वालिङबाट गल्यांङ तर्फ जादै गरेको लु.२ ख ८७५ नम्बरको खाली ट्रिपर सडक देखी २ सय मिटर तल खस्दा चालक सहित ४ जना घाईते भएका थिए ।
कार्यालयले दिएको जानकारी अनुसार गंभिर घाईते हुनेमा पाल्पा तिनाउ गाउँपालिका ३ झुम्सा बस्ने ४० बर्षिय लक्ष्मण खड्का रहेको छ । खड्काको गल्याङ अस्पतालमा उपचार संभव नभए पछी पाल्पा पठाईएको थियो ।
त्यस्तै गरी दुर्घटनामा परी ट्रिपर चालक स्याङजा पुतलीबजार नगरपालिका ३ का ३५ बर्षिय खेमबहादुर खत्री, सोही स्थानका ४० बर्षिय मनबहादुर खत्री र अर्जुन चौपारी गाउँपालिका ९ बस्ने २० बर्षिय सह चालक ओमबहादुर खत्री घाईते भएका छन । उनीहरुको स्थानिय गल्यांङ सामुदायिक अस्पतालमा उपचार भई रहेको छ ।



