×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५२ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

जुम्लाबाट हिमाल बचाउन सामुदायिक वनको आव्हान

  •  
  • शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हरि बाँस्तोला

    पातरासी – जलवायु पविर्तनसंगै चाँदी जस्तै टलक्क टल्कने हिमालहरू काला पत्थरमा परिणत बन्दै गएको वास्तविकतामा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले भने जुम्लाबाट हिमाल बचाउन आव्हान गरेको छ ।

    समुद्री सतहबाट दुई हजार ८५० मिटरको उचाईको जुम्लाको पातरासी हिमालको काखमा यही भदौ २० र २१ गते सम्पन्न तेश्रो राष्ट्रिय कार्यसमितिको बैठकले हिमाल बचाउन आव्हान गर्दै यसतर्फ सचेत रहन आग्रह गरेको छ ।

    जलवायु परिवर्तनको मारमा हिमालहरू दिनानुदिन संकटमा पर्दै गएको वर्तमान अवस्थामा यसले सिंगो पर्यावरणीय सन्तुलन समेत विग्री रहेकोले यसबारे सचेतना जगाउनकै लागि पनि जुम्लामा बैठक राखिएको महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो ।
    उहाँका अनुसार हिमाल पग्लदै जाँदा दिगो पानीका श्रोतमा परेको असरले मानव जीवन, वन सम्पदा एवम् बन्य जन्तु समेत जोखिममा परेका कारण हिमाल बचाउनु अपरिहार्य छ ।

    विश्वमै उत्कृष्ट सावित बनेको नेपालको सामुदायिक वनको अवधारणा पछिल्ला समयमा एकाएक थोपरिएको कर तथा बैज्ञानिक वनका नाममा यसको गरिमा र महत्व समेतलाई बेवास्था गरिएकोले ती लगायका विषयमा बैठकमा छलफल भएको अध्यक्ष पाठकले बताउनुभयो ।

    “बनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार उद्यमशिलता र शसक्त संगठन समृद्धीको आधार” भन्ने मूल नाराका साथ कर्णाली प्रदेशको जुम्मा जिल्लाको पातरासी गाउँपालिकामा आयोजित बैठकले हिमाल बचाउ लगाएयत बिभिन्न २१ बुँदे घोषणा पत्र जारी गर्दै सार्वजनिक गरिएको उहाँको भनाई छ ।

    सामुदायिक बनको स्वयत्तता माथि हस्तक्षेप गर्दै संघ, प्रदेश र स्थानीय सरकारले तेहेरो कर लगाउने कार्यको भर्सना गर्दै बैठकले सामुदायिक बनको मर्म र एवम् उपभोक्ताको हित अनुकुलको कर व्यवस्था गर्न सरकारको ध्यानकर्षण गरेको महासंघका महासचिव बीर्खबहादुर शाहीले बताउनुभयो ।

    उहाँका अनुसार संघीय सञ्चित कोषमा साल र खयरको बिक्रीबाट प्राप्त रकमको १५ प्रतिशत, स्थानीय सरकारको सञ्चित कोषमा बन पैदावार बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत, मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम काठमा लाग्ने मूल्य अभिवृद्धि कर १३ थोपरिएको छ ।

    यी करका निर्णय सामुदायिक बनको हितमा नरहेका कारण आँफूहरूले विरोध गरेको र यो महासंघलाई मान्य नहुने उहाँले बताउनुभयो ।
    आयर कर ऐन २०५८ अनुसार समूहको बचत रकममा आयकर २५ प्रतिशत लगाउँदै आउनुको साथै सामुदायिक वनबाट ३ नं प्रदेश सरकारले प्रदेश सञ्चित कोषमा १० प्रतिशत, प्रदेश सरकारको सेवा शुल्क ०.२५ प्रतिशत र १ नं प्रदेश सरकारले प्रदेश सञ्चित कोषमा साल र खयर वाहेकका बन पैदावार बिक्रीबाट प्राप्त रकमको १५ प्रतिशत करको बोझ थपेकोमा बैठकले विरोध गरेको छ ।

    सामुदायिक वन उपभोक्ता समूह कुनै बंैक तथा वित्तीय संस्था जस्तो नाफा खाने र शेयर बाँड्ने नभएको उल्लेख गर्दै बैठकले आम्दानीको सम्पुर्ण खर्चको २५ प्रतिशत वन व्यवस्थापन, ३५ प्रतिशत गरिव विपन्न वर्गको जीविकोपार्जनमा र ४० प्रतिशत सामाजिक विकासमा खर्च गर्दै आएको बताइएको छ ।

    सामुदायिक बनले संघीय सरकारलाई तिर्दै आएको १५ प्रतिशत कर प्राकृतिक श्रोत वित्त आयोग मार्फत संघ प्रदेश र स्थानीय तहमा विभाजन गरियोस भन्दै सरकारसँग माग महासंघले गरेको छ ।

    प्रत्येक बर्ष वन डढेलोबाट हुने जैविक विविधता, वातावरणीय प्रभाव तथा अन्य नोक्सानीलाई न्यूनिकरणमा सकृय उपभोक्तालाई आगलागी पिडितको बिमा व्यवस्था गर्ने त्यसका लागि कोषको समेत व्यवस्था गर्ने बैठकले निर्णय गर्दै समृद्ध नेपाल सुखी नेपालको अभियानलाई सफल बनाउन मौजुदा कानूनमा रहेका उद्यम सञ्चालन सम्वन्धी जटिलता हटाउनु पर्नेमा जोड दिएको महासंघका उपाध्यक्ष भीमप्रकाश खड्काले जानकारी दिनुभयो ।

    सरकारले दीगो बन व्यवस्थापन पद्धतिलाई चुनौती दिदै बैज्ञानिक बन व्यवस्थापनका नाममा १० देखि २० लाख सम्म रकम लिएर कार्ययोजना बनाई व्यापक रुपमा बन फडानी गरिएको आरोप लगाउँदै उहाँले यसका कारण बन भित्र जैविक विविधता नष्ट गर्ने समुदायको परम्परागत ज्ञान सिपको अवमूल्यन गर्ने र सामुदायिक बनको स्वयत्तता माथि अंकुश लगाउने कार्य तुरुन्त बन्द गर्नुपर्ने बताउनुभयो ।

    सामुदायिक बनको अवधारणसँगै नेपालमा बन पैदावारको संरक्षण तथा उपयोगमा महत्वपूर्ण टेवा पुगेको बताउने महासंघका सचिव ठाकुर भण्डारीले बढ्दो वातावरणीय चुनौती र त्यसबाट पर्नो प्रभाव समेतको बैठमा समिक्षा गरिएको बताउनुभयो ।

    सामुदायिक बनले गरेको योगदानको सरकारले उचित मूल्याङन गर्नुपर्नेमा जोड दिदै उहाँले राज्यले तयार गर्ने नीति नियम सामुदायिक बनमैत्री हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.