×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५२ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सडक निर्माण अलपत्र पार्ने ठेकेदार विरुद्ध वडाध्यक्ष गए प्रशासनमा डेलिकेशन

  •  
  • शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – ठेक्का लिएको लामो समय कालोपत्रे पुरा नभएपछि गोरखा सदरमुकामदेखि फिनामसम्मको करिब सात किलोमिटर सडक अहिले हिलाम्मे छ। ठुला खाल्डा र वर्षातको पानीका कारण सडक बगेपछि एम्बुलेन्स जान मुस्किल छ ।

    ‘स्थानीय सडक हिड्न नसक्ने भो भनेर बन्द गर्न दबाब दिइरहेका छन’ वडा नम्बर ४ का अध्यक्ष खोपबहादुर अधिकारीले भने ‘हामीले सडकलाई भन्छौँ, सिडिओ र मेयर साबलाई पनि भन्छौं भनेर आएका हौँ केही दिन अझै काम भएन र सडक हिलाम्मे भयो भने स्थानीयले बन्द गर्छन् ।’ सडकमा गाडी मात्रै होईन मानिस पैदल हिड्न सक्ने अवस्था पनि नरहेको उनको गुनासो छ ।

    २०७२ साउन ३१ गते ठेक्का लिएको काष्ठमाण्डप कन्ट्रक्सनले २०७४ मंसिर मसान्तसम्म पुरा गर्नुपर्ने काम अलपत्र छाड्यो। समयभित्र काम गर्न माग गर्दै स्थानीयले यसअघि पनि पटक–पटक आन्दोलन गरे तर ठेकेदारले काम सकेनन् । हिउँदमा धुलो र वर्षातमा हिलोले यात्रा गर्न सास्ती भएको गुनासो यात्रुहरुको छ। गत वर्षसम्म काम नसकेपछि उक्त आयोजना नै बजेट बिहिन भयो।

    आयोजना संचालन गर्ने कार्यालय एघार किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनामा बजेट नआएपछि पहिले काम गरिरहेका ठेकेदारले छाडे। ‘तीन वर्ष भयो काम भएको छैन’ आयोजनाका इन्जिनियर राजेश यादवले भने ‘पैसा नआएपछि ठेकेदारले काम छाडे हामीले पनि लगाउन सकेनौँ।’ कालोपत्रेको करिब ८० प्रतिशत काम सकेर दुई करोड ७१ लाख रुपैयाँ आयोजना कार्यालयबाट भुक्तानी लगिसकेको छ ।

    तीन करोड ३७ लाखमा ठेक्का लागेको सडकको समयमै काम नहुँदा बाँकी पैसा भने फिर्ता भएको थियो। ‘पहिले भएको काम पनि अहिले भत्किएर सडक हिलाम्य भईसक्यो’ गोरखा नगरपालिका ४ अध्यक्ष अधिकारीले भने ‘नाली भत्किएको छ, पानी जमेको छ, एकै पटक कालोपत्रे भएको भए हुन्थ्यो, अब फेरी सुरु देखि काम गर्नुपर्ने अवस्था छ।’ प्राविधिकहरुका अनुसार उक्त सडकको काम पुरा गर्न अब एक करोड रुपैयाँ भन्दाबढि लाग्छ।

    सडकमा यात्रा गर्न सकस भएपछि उक्त सडकमा पर्ने गोरखा नगरपालिका ६, ८, ४, २ र १ गरी पाँच वटा वडाका अध्यक्षहरुले बिहिबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गरेका छन्। प्रजिअ देवेन्द्र लामिछाने र आयोजना प्रमुख रवीन्द्रलाल दासलाई अध्यक्षहरुले सडकको छिटो स्तोन्नती गर्ने बतावरण मिलाईदिन हारगुहार गरे। ‘गोरखा बजार भएर आरुघाट जाने मुख्य सडकको प्रवेशद्धार नै गाडी जान नसक्ने भएपछि आठ किलोमिटर पछि कालोपत्रे सडकको काम भएन’ वडा नम्बर १ का अध्यक्ष हिक्मतबहादुर कुँवरले भने ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.