गोरखा समाचारदाता
गोरखा – यातायात ब्यवसायीहरुले आउदै गरेको दशैको लागि असोज ५ गते बाट टिकट बुकिङ खुल्ला गर्ने भएका छन ।
आज (बिहीबार) यातायात ब्यवस्था विभागमा भएको छलफल पछि यातायात ब्यवसायीहरुले असोज ५ गते बाट टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले असोज ५ गतेदेखि अग्रिम टिकट बूकिङ खुला गरिएको जानकारी दिएका हुन ।
व्यवसायीले विभागसँग वर्षाले बिग्रेको बाटोघाटो बनाइदिन माग गर्दै गरेको र विभागले पनि बिग्रेको स्थानमा तत्कालै बाटो बनाउन सहमत भएपछि अग्रिम टिकट बूकिङ खोल्ने निर्णय गरिएको हो ।
फाईल तस्विर




















