गोरखा समाचारदाता
गोरखा – पालुङटारको गाईखुरमा रहेको वडा कार्यालय पौवाटारमा नसार्न स्थानियले आग्रह गरेका छन । उनीहरुले वडा कार्यालय सार्ने निणर्यको बिरोध गर्दै नगरपालिका घेराउ समेत गरेका छन् ।
स्थानियहरुले हाल भई रहेको स्थानमा नै वडा कार्यालय रहनुपर्ने भन्दै पौवाटारमा लाने निर्णत तत्कालै सच्याउन समेत माग गरेका थिए । उनीहरुले कार्यालय सार्ने निर्णय सच्चाउन माग गर्दै नगरप्रमुख दिपकबाबु कंडेललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
स्थानियहरुका अनुसार हाल भई रहेको स्थानमा कार्यालय रहदा ८० प्रतिसत स्थानियले सेवा पाउन सहज भई रहेको समेत दावी गरीएको थियो ।
नगरप्रमुख कंडेललाई बुझाएको ज्ञापनपत्र पत्रमा कार्यालय सार्दा बैसीथोक, बेतेनी, मैदान, मान्द्रे ढुङगा, बाङगेडाडाँ क्षेत्रका स्थानियबासीले वडाले प्रदान गर्ने सेवा सुबिधा प्राप्त गर्न कठिनाई हुने भन्दै जनसख्या र भुगोललाई आधार मान्दा पनि कार्यालय सार्नु उपयुक्त नहुने भनिएको छ ।
स्थानियको मागलाई वेवास्ता गरि कार्यालय सारिए आन्दोलनमा उत्रने स्थानियले चेतावनी दिएका छन् ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख कंडेलले छलफल गरेर बास्तबिकता बुझेर मात्र के गर्ने भन्ने बिषयमा निर्णय लिने बताए ।



