×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५३ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मानव बेचबिखन: इन्डोनेशियामा बन्धक नेपाली युवती यसरी घर फर्किन सफल भइन्

  •  
  • बिहिबार, भदौ २६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अस्ट्रेलिया लैजाने सपना देखाएर नौ महिना इन्डोनेशियाको जाकार्ता र बालीमा बन्धक बनाइएकी एक नेपाली युवतीले दलाललाई लाखौँ रुपैयाँ बुझाइन् तर उनी अस्ट्रेलिया कहिल्यै पुगिनन्। यौन आक्रमणबाट समेत बच्न सफल भएकी उनी कसरी नेपाल फर्किइन्? एक नेपाली समाजसेवीको सहयोगमा हालै नेपाल फर्काइएकी ती युवतीले हाम्रा संवाददाता सुरेन्द्र फुयाललाई आफ्नो कथा-व्यथा सुनाएकी छन्।

    म नेपाल फर्किएको केही दिन भइसकेको छ। तर म अहिले पनि इन्डोनेशियामा बन्धक नै छु जस्तो लागिरहेको छ। मलाई विश्वासै लागिरहेको छैन कि म अहिले नेपाल फर्किइसकेँ भनेर। मेरो जीउ अझै थरथर काँप्छ। म अहिले मनोवैज्ञानिक परामर्श पनि लिइरहेको छु।

    मेरो विदेश यात्राको कथा झन्डै एक वर्षअघि सुरु भएको थियो।

    नेपालमा मेरा उमेरका धेरै साथीहरू विदेश गएर रमाएका तस्बिरहरू देख्दा मलाई पनि विदेश जान मन लाग्थ्यो। १२ कक्षासम्मको अध्ययन पूरा गरेपछि पढाइ रोकिएको थियो। मेरा धेरै साथीहरू अस्ट्रेलिया गइरहेको देखेर मलाई पनि त्यहाँ जान रहर लाग्यो।

    म घरकी जेठी छोरी। अहिले २३ वर्षकी भएँ। घरमा आमा, बुवा र दुई भाइ छन्। घरको आर्थिक अवस्था कमजोर भएकोले मनमनै अस्ट्रेलियामा थप अध्ययन गर्ने र फुर्सदमा पैसा कमाउने योजना बुन्न थालेँ। काठमाण्डूमा सोधीखोजी गर्दा अस्ट्रेलिया लैजाने एक जना दाइ भेटिए।

    ‘अस्ट्रेलिया यात्रा प्रारम्भ’

    उनले पैसा धेरै नलाग्ने र जाने प्रक्रिया पनि छिटो हुने बताए। मेरो बुबा-आमा गाउँमा सामान्य खेतीकिसानी गर्नु हुन्छ। उहाँहरूसँग त्यति धेरै पैसा थिएन। जसोतसो ऋण खोज्ने कुरा भयो। हामीले घरजग्गा धितो राखेर एउटा ब्याङ्कबाट १६ लाख ५० हजार रुपैयाँ ऋण लियौँ।

    सुरुमा अस्ट्रेलिया लैजाने ती दाइलाई डेढ लाख रुपैयाँ बुझाएँ। उनले ‘सेटिङ्ग मिलाएर’ उडिहाल्ने योजना सुनाए। २०७५ साल मंसिर १२ गते म र एक जना नेपाली दाइ मलेशिया उड्यौँ। त्यहाँबाट हामीलाई (इन्डोनेशियाको राजधानी शहर) जाकार्ता पुर्‍याइयो। त्यहाँ हामीलाई लिन एकजना भारतीय दलाल आए। हामीलाई एउटा होटलमा लगेर राखियो।

    त्यसपछि हाम्रो दु:ख सुरु भयो। अस्ट्रेलिया उड्नको लागि भिसा बनाउन र ‘सेटिङ्ग’ मिलाउनका लागि थप पैसा चाहिन्छ भन्दै नेपालबाट थप पैसा मगाउन दवाब दिन थालियो। हामीले थप पैसा मगायौँ र बुझायौँ। तर अस्ट्रेलिया उड्ने दिन कहिल्यै आएन।

    जाकार्ता र बालीमा बन्धक

    जाकार्तामा कुरेर बस्दै गर्दा नेपालबाट अरू दाइहरू पनि आउन थाले। हामी १३-१४ जना भयौँ। सबैलाई कोठामा बन्धक जस्तै बनाएर राखियो तर काम केही भएन। हामी छटपटाउँन थाल्यौँ। खाने र पिउने बन्दोबस्त पनि भएन। कोठामा थुनेर राखियो।

    बालीको एक समुद्री किनार

    हामीले थप पैसा बुझाए अस्ट्रेलिया जान सजिलो हुने भनियो। त्यसपछि हामीले फेरि पैसा मगायौँ र बुझायौँ। मैँले पटक पटक गरेर १६ लाखभन्दा बढी बुझाएँ। तर अस्ट्रेलिया जाने दिन कहिल्यै आएन। त्यसपछि हामीलाई बाली पुगेर त्यहाँबाट अस्ट्रेलिया जान सजिलो हुन्छ भनियो।

    दुई दिनको ट्याक्सी यात्रापछि हामी बाली पुग्यौँ। त्यहाँ पनि एउटा होटलमा राखियो। जहाँ खान पकाउन मिल्ने सुविधा थियो। तर हामीलाई राम्ररी खान पनि दिइएन। म रोएर बस्थे। नेपाली दाइहरुले नै खाना खोजेर ल्याइदिन्थे।

    (बालीमा संसारभरिबाट मानिसहरु घुम्न जान्छन्।) हामीलाई कतै घुम्न जान पनि दिइएन। त्यहाँ पनि दिन बित्दै गयो। तर केही भएन। दाइहरूलाई क्यानडा पठाइदिने भनिएको रहेछ। तर केही भएन।

    बालीमा एक महिना जति राखेपछि हामीलाई फेरि जाकार्ता फिर्ता लगियो। त्यतिबेला हामीले अस्ट्रेलिया जान मिल्छ भन्ने आशा पूरै त्याग्यौँ। हामीलाई नेपाल फर्किने व्यवस्था मिलाइदिन दलाललाई आग्रह गर्‍यौँ। तर तोकिएको भन्दा लामो समय इन्डोनेशिया बसेर ‘ओभरस्टे’ भएको भन्दै हामीलाई प्रहरीले पक्रिएर जेल हाल्न सक्छ भन्दै तर्साइयो।

    उम्कनका लागि हामीले लाखौँ रुपैयाँ जरिवाना तिर्नु पर्ने भनियो।

    यौन शोषण गर्ने प्रयास

    हामीलाई जाकार्ता शहरको एउटा कोठामा फेरि बन्धक बनाएर राखियो।

    पैसा मगाइदिन्छु नेपाल फर्काइदेउ भन्दा दलालले अर्को कोठामा लगेर मलाई यौन शोषण गर्ने प्रयास पनि गर्‍यो।

    जाकार्ता सहर

    तर नेपाली दाइहरूले मलाई बचाउनु भयो। त्यसपछि म साह्रै विक्षिप्त र दु:खी भएँ। रोएर दिन र रात बिताउन थाले। कति दिन त आत्महत्या गर्ने सोच पनि बनाएँ। तर नेपाली दाइहरूले आड भरोसा दिइरहनु भयो।

    दलालले हाम्रो पासपोर्ट र मोबाइल फोन पनि खोसेर राखेका थिए। ऊ त पैसाको लागि जति पनि गिर्नसक्दो रहेछ। पैसाको लागि जे पनि गर्न तयार हुने रहेछ।

    मैले एउटा मोबाइल फोन आफैँ लुकाएर राखेको थिएँ। एक दिन कुनै उपाय निकालेर त्यसबाटै नेपालमा रहेका एक समाजसेवी दाइ र भाउजुसँग सम्पर्क गरेँ र आफ्नो समस्या बताएँ। उहाँहरूले मलाई नेपाल फिर्ता लैजाने आश्वासन दिनु भयो। त्यसपछि म केही आशावादी भएँ।

    नेपालबाट सहयोगी हात

    भित्रभित्रै कुरा मिलाएर उहाँ मलाई उद्धार गर्न एक दिन जाकार्ता आउनु भयो। रकम तिरेर मलाई फिर्ता लैजाने भन्दै दलाललाई भेट्नु भयो। उहाँहरूले जाकार्तामा धेरै हैरानी खेप्नु पर्‍यो र धेरै खर्च गर्नु भयो। भित्रभित्रै कुरा मिलाएर धेरै जनाको सहयोग लिएर उहाँले जाकार्तामा हामीलाई फर्काउन कागजपत्र बनाउनु भएछ।

    उहाँले नै (ती भारतीय दलालसहित) हामी सबैजनालाई भदौको पहिलो साता नेपाल ल्याउनु भयो। (लगत्तै भारतीय दलाल र उनका सहयोगी पनि पक्राउ परेका छन्।) अहिले म न्यायको पर्खाइमा छु। मेरो खेर गएको रकम फिर्ता पाउने आशामा छु।

    युवायुवतीलाई सन्देश

    म जे जस्तो भोगेँ त्यो त मलाई नै थाहा छ। मैले आत्महत्या गरेको भए मेरो जीवन मेटिन सक्थ्यो तर मेरो घर परिवारले समेत निकै दु:ख पाउन सक्थे।

    तर म आज बाँचेकी छु।

    नेपालबाट पैसा कमाउन भन्दै विदेश जान चाहने म जस्तै युवालाई मेरो सन्देश एउटै छ: तपाईँहरू विदेश जाँदै हुनुहुन्छ भने वैध र कानुनी बाटोबाट मात्र जानुहोस्। इजाजतप्राप्त कम्पनीको मात्र भर पर्नुहोस्। सबै कागजपत्र र बिल भर्पाई लिनुहोस्। अर्को देशमा ट्रान्जिटमा गएर कुरेर फेरि त्यहाँबाट पछि जाने भन्ने जस्तामा जाल वा पासोमा नपर्नुहोस्।

    bbcnepali

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.