गोरखा समाचारदाता
गोरखा – गोरखाको माझीटारमा एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना यूवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोरखा जिल्ला शहिदलखन गाउँपालिका ९ माझीटार कै रमेश (नाम परिवर्तन)लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेको उनले स्थानिय १४ बर्षिया बालिका ङ कुमारी (नाम परिवर्तन)लाई भाद्र १५ गते माझीटारको एकान्त स्थानमा लगी डर, धाक–धम्की दिएर जबरजस्ती करणी गरेका थिए ।
आरोपित रमेशलाई गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।



