गोरखा समाचारदाता
गोरखा – गोरखाका महिलाहरुलाई आत्म सुरक्षा सम्वन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
नेवाः मिस दबू गोरखाको समन्व तथा महिला सशक्तिकरण नेपालका आयोजना र टेवा नेपालको सहयोगमा गोरखा सदरमुकाममा महिलाहरुलाई एक दिने आत्म सुरक्षा तालिम प्रदान गरीएको नेवाः मिस दबूका सह सचिव सरिता मास्केले बताईन । ‘महिला माथि बढदै गएको हिंसालाई केही हद सम्म भए पनि रोक्न सकिन्छ कि भन्ने प्रयासले महिला सशक्तिकरण नेपालका प्रशिक्षकहरु द्वारा तालिम दिईएको’ मास्केले बताईन । उनले भनिन ‘अहिले महिलामाथि यौन हिंसा तथा अन्य शारिरीक हिंसा हुन थालेकोले तालिमको आवश्यता महशुस गरी प्रशिक्षण गराईको हो ।’
तालिमको पानसमा बत्ति बालेर उद्घाटन गर्दै प्रमुख अतिथी गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले महिलाहरु नजानिदो ढंगले हिंसामा परेको पनि तालिमको आवश्यता रहेको बताईन । ‘केही सयमयता नेपाली महिलाहरु यौंन हिंसाका साथै घरेलु र अन्य हिंसामा पर्न थालेकोले आत्म सुरक्षा तालिम उपयोगी हुने’ बताईन । उनले भनिन ‘हाम्रो समाज छोरा र छोरीलाई मतभेद गर्ने समाज भएकोले महिला हिंसा बढी भएको हो ।’
उपप्रमुख श्रेष्ठले आफु पनि महिला भएकै नाताले नगरक्षेत्र भित्र महिला उत्थान तथा महिलाको हितका लागि गरीने कुनै पनि कार्यमा सहयोग गर्न नगरपालिका तयार रहेको समेत बताईन ।
उद्घाटन कार्यक्रमलाई नेवाः देब दबूका जिल्ला कोषाध्यष रुशबावु जोशी र महिला सशक्तिकरण नेपालका अध्यक्ष रस्मिला प्रजापती समेतले संबोधन गरेका थिए । आयोजक नेवाः मिस दबूले तालिममा ३७ जना महिलाहरुको सहभागिता रहेको जानकारी दिएको छ । सहभागीहरुलाई अजय मानन्धर र सपना रानामगरले प्रशिक्षण गराएका थिए ।
यसै बिच सोही कार्यक्रममा नेवाः मिस दबूले केही दिन अगाडी गोरखा नगरपालिका ३ की दुवै मृगौला पिडीत पम्फा श्रेष्ठलाई उठाएको सहयोग रकम १ लाख १६ हजार ५६५ रुपैयाँ उनका श्रीमान पृथ्वीनारायण श्रेष्ठलाई हस्तान्रण गरीएको थियो । सोही अवशरमा सहभागिहरुले पनि नगद संकलन गरी हस्तान्तरण गरेको नेवाः मिस दबूका सुर्यमाया श्रेष्ठ



