×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

एक महिना अघि नै धुमधामले दशै मनाईयो

  •  
  • सोमबार, भदौ २३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – सिरानचोक गाउँपालिकाको विभिन्न ठाउँमा धुमधामले दशै मनाइएको छ ।

    आम नेपालीले मनाउने विजयाँ दशमी आउनु एक महिना अघि नै छोप्राक र आसपासका स्थानीयले दशै मनाएका हुन् ।

    ‘शास्त्रिय मान्यता अनुसार गलत तिथि चाड पर्व मनाउदा शुभ फलको साटो अशुभ फल प्राप्ती हुन्छ’ पर्व सुधार अभियानका अगुवा कृष्ण पोखरेलले भने ‘समय अनुसार हाम्रा चाड पर्व एक महिना अघि सार्नुपर्ने देखिन्छ । सोही कारण हामीले अहिले दशै मनाएका हौ ।’ छोप्राकका हरिनारायण मल्ल, कृष्ण पोखरेल लगायतका व्यक्तिले सुरु गरेको यो अभियान अहिले गाउँपालिका भरी बिस्तार भएको छ ।

    सोही अनुरुप आईतबार धर्मामावती मावि, सर्वोदय आधारभूत विद्यालय, मण्डली मावि, आहाल भञ्जाङ, जन ज्योति लगायतका सबै सामुदायिक विद्यालयमा दशैको टिका लगाएको सर्वोदय आधार भूत विद्यालयका शिक्षक भरत देवकोटाले जानकारी दिए ।

    ‘विगतमा जस्तै यस वर्ष पनि हामीले विद्यालयमा अभिभावक र विद्यार्थी सबैलाई बोलाएर टिकाटालो गरयौं’ उनले भने ‘यसपाली विद्यालयको अलवा चामडाँडा, श्रीनाथ मण्डली लगायतका ठाउँमा पनि टिका लगाइएको छ ।’ नेपाली पात्रो अनुसार असोज १२ गते पर्ने घटस्थापना र २१ गते दशैको टीका भए पनि उनीहरुले भने भाद्र १३ गते जमरा राखेर आइतबार धुमधामका साथ टीका लगाएका हुन ।

    पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्य सचिव हरिनारायण मल्लको सुझावमा २०६९ साल देखि हरेक वर्ष दसै मनाइएको स्थानियहरुको बताएका छन् । ‘यस पटक हामी ऐतिहासिक सिराचोकको मण्डलीमा गएर टिका लगाऔं’ अगुवा पोखरेलले भने ‘बिस्तारै हाम्रो अभियानले व्यापकता पाउँदै छ । एउटा गाउँबाट सुरु भएको अभियान बिस्तारै राष्ट्रिय रुपमा स्थापित हुँदैछ ।’

    बैद्धिक पात्रोमा समेत आइतबार बिजयाँ दशमी भनेर उल्लेख भएको उनले दाबी गरेका छन् । हरेक २१५० वर्षमा ऋतु एक महिना अघि सर्ने हूँदा हाल चलिरहेको पात्रो अनुसार सूर्य उत्तरायण र दक्षिणायन हुने समय समेत परिवर्तन भई २४ दिन अघि सरेकाले एक महिना अघि दशै मनाईको पोखरेलेको भनाई छ । ‘स्थापित मान्यता अनुसार हरेक ७२ वर्षमा एक दिन समय घट्छ अहिले सम्म २४ दिन समय घटि सकेको छ’ उनले भने ‘त्यसले हाम्रा चाडपर्व एक महिना अघि सार्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ २३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.