गोरखा समाचारदाता
गोरखा – जिल्ला सदरमुकामबाट ठूलो संख्यामा जुवाडे पक्राउ परेका छन् ।
गोरखा नगरपालिका–७ रोहटेपानी क्षेत्रमा लुकेर तास खेलिरहेका १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा दुई खाल बनाएर तास खेलिरहेको अबस्थामा २ महिला सहित १६ जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथमा रहेको सबै रकम जफत गरेको छ ।
तास खेलिरहेका सबैलाई नियन्त्रण लिई थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ । पछिल्लो समय गोरखामा जुवा तास खेल्नेहरु बढेका छन् ।
केही दिन अघि प्रहरीले पालुङ्टारको एक जंगलमा त्रिपाल टाँगेर जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको थियो । जुवा ऐन अन्र्तगत कारवाही गरेर उनीहरुलाई छोडिएको छ ।



