गोरखा समाचारदाता
गोरखा – जिल्ला प्रहरी कार्यालय गोरखाले जेष्ठ नागरिकलाई परेको समस्याहरु सुझाव संकलन गर्न शुरु गरेको छ ।
प्रदेश प्रहरी कार्यालयले जेष्ठ नागरिकहरु संग भेटघाट तथा छलफल तथा अन्तरक्रिया गरी राय सुझाव पठाउन भने पछि कार्यालयले पहिलो पटक सदरमुकाममा जेष्ठ नागरिकहरु संग सुझाव संकलन गरको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक कमला नरालले बताईन । ‘प्रदेश प्रहरी कार्यालयबाट जिल्ला भित्रका जेष्ठ नागरिकहरुलाई परेको समस्याको बिषयमा उनीहरु संगै बसेर अन्तरक्रिया, छलफल र भेटघाट गरेर सुझाव पठाउन परिपत्र गरे अनुसार हामीले पहिलो पटक सदरमुकाममा जेष्ठ नागरिकहरुलाई भेला गरी संग सुझाव संलकन गरेको’ प्रनि नरालले बताईन । ‘भेलाले धेरै विशेषत सरकारले कानून निर्माण गर्ने तर कार्यान्वयन नगर्ने भएका कारण जेष्ठ नागरिकले नारकिय जिवन बिताउनु परेको’ गुनासो गरेको नरालले बताईन ।
सामुदादय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत जेष्ठ नागरिक तथा सरोकारवाला निकायहरु संगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागि सबै जेष्ठ नागरिकहरुले सरकाले जेष्ठ नागरिकहरुका लागि आवश्यक पर्ने कानून निर्माण गरेको भएता पनि कार्यान्वयमा सरकारी उदासिनताका कारण नारकिय जिवन जिउन वाध्य भएको बताए ।
सदरमुकाममा भएको छलफल तथा अन्तरक्रियामा सहभागीहरु मध्ये अधिकाशंले यातायातमा भएको छुट र आरक्षण सिट नपाएको, स्वास्थ्य संस्थामा प्रार्थमिकता नपाएको र सरकारले युवाहरुलाई देश भित्रै रोजगारी र्सिजना गर्न नसक्दा छोरा छोरी विदेशीएका र आफुहरु बृद्व अवस्थामा पनि पानी पधेरो गरी जिवन जिउन वाध्य भएको बताएका थिए ।



