गोरखा समाचारदाता
गोरखा – प्रधानमन्त्री केपी शर्मा ओली २ साताको स्वास्थ्य उपचारपछि आज (शुक्रबार) नेपाल फर्कंदै छन्। मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि भदौ ५ गते सिङ्गापुर गएका प्रधानमन्त्री आज नेपाल फर्कन लागेका हुन।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.( कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कनुहुने जानकारी दिएका हुन ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरणको उपचार पूरा भएको हो।
फाईल तस्बिर



