×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

दरौंदी करिडोरको ७ हजार हेक्टर धान जोनका लागि प्रस्ताव

  •  
  • शुक्रबार, भदौ २०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – जिल्लामा सञ्चालन हुन लागेको धान जोन कार्यक्रमका लागि ७ हजार हेक्टर जमिन प्रस्ताव गरिएको छ ।

    बिहिबार भएको कार्यशाला गोष्ठीमा धान जोन क्षेत्र निर्धारण समितिले दरौंदी करिडोरको ७ हजार हेक्टर जमिनमा धान जोन कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताएको हो ।

    ‘हामीले रबिन्द्र पौडेलको संयोजक, लेखराज ढकाल र भवनाथ देबकोटा सदस्य रहेको क्षेत्र निर्धारण समिति बनाएका थियौं’ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना गोरखाका प्रमुख अजय अधिकारीले भने ‘उहाँहरुले आफ्नो प्रतिवेदन बुझाइसक्नु भएको छ ।’ उक्त समितिले अजिरकोट गाउँपालिका ५ मुच्चोक देखि गोरखा नगरपालिका १४ देउरालीसम्म दरौदी नदिको दुबै किनारमा रहेका धान उत्पादन राम्रो हुने ७ हजार हेक्टर जमिनमा जोन कार्यक्रम गर्न उपयुक्त हुने ठहर गरेको हो । ‘उहाँहरुले स्थानीय कृषक, जनप्रनिधि र सरोकारवाहरुसँग आवश्यक छलफल गर्नुभएको छ’ उनले भने ‘विभिन्न ठाउँमा अन्र्तक्रिया गरेर विज्ञको सुझाव समेत समेटेर प्रतिवेदन बनाइएको छ ।’

    प्रतिवेदनमा गोरखा नगरपालिका वडा नम्बर ३, ५, १०, ११, १२, १३ र १४ पालुङ्टार नगरपालिकाको १, र ९, सिरानचोक गाउँपालिकाको ४, ५,६, ७, ८ र अजिरकोट गाउँपालिका ५ लाई धान जोनमा समावेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

    उक्त कार्यक्रमबाट ६५ वटा समूह, सहकारी र ११ सय किसानहरु प्रत्यक्ष लाभाम्वित हुने बताइएको छ । सोही प्रतिवदेनका बारेमा बिहीबार जिल्लाका सरोकारवालाहरुले छलफल गरेका छन् । परियोजनाका जिल्ला प्रमुख अजय अधिकारीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको विशेष आतिथ्यतामा भएको कार्यक्रममा जोन क्षेत्र निर्धारणका बारेमा सरोबारवालाहरु विच छलफल भएको हो ।

    गोष्ठीमा आफ्नो धारणा राख्दै जिल्लाका सरोकारवालाहरुले जोन कार्यक्रमले धानको उत्पादन बढ्नुका साथै कृषकको जिवनस्तर उकासिनु पर्ने कुरामा जोड दिएका थिए । दरौंदी करिडोर धान उपत्पादका लागि उर्बर भूमी भएको भन्दै जोन कार्यक्रम सञ्चालन पश्चात किसानलाई थप व्यवसायिक बनाउने उनीहरुको अपेक्षा छ ।

    सरकारले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत जिल्लामा धान जोन सञ्चालन गर्नका लागि १ करोड ३० लाख बजेट पठाएको छ । उक्त रकमबाट धान खेति सम्बन्धि तालिम, गोष्ठी, कृषकको भ्रमण, उन्नत प्रविद्धि प्रदर्शन, साना सिंचाई, भकारो सुधार, बैकिल्प उर्जा उपलब्ध, मल, बिऊ, औजार, कृषि चुन वितरण लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

    कार्यक्रममा जिसस प्रमुख गुरुङ, गोरखा नगरपालिकाका प्रमुख पन्त, कृषकहरु पुष्पा कुमाल, कृषि विज्ञ दुर्गाप्रसाद पण्डित लगायतले मन्तव्य राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.