×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३७ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५९ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

ट्राफिकको जरिवाना : साउन मै साडे ७ लाख

  •  
  • शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मिया

    गाेरखा – ट्राफिक प्रहरीले चेक जाँचलाई कडाईका साथ अघि बढाएसंगै जिल्लामा कारबाहीमा पर्ने सवारीको संख्यामा बृद्धि भएको छ ।

    जिल्ला ट्राफिक कार्यालय गोरखाले साउन महिनामा जिल्लाका बिभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा नियम उल्लंघन गरेको भन्दै सवारी साधनबाट ७ लाख ५७ हजार ५ सय रुपैया जरिवाना असुलेको छ ।

    ट्राफिक नियम विपरित संचालनमा रहेका बिभिन्न प्रकारका १ हजार ५० सवारी साधनबाट सो रकम बराबरको जरिवाना संकलन भएको ट्राफिक प्रमुख सुक बहादुर विकले बताए ।

    ट्राफिक प्रहरीसंग रहेको तथ्यांकमा सबैभन्दा बढी नियम मिच्नेमा मोटरसाइकल चालक छन् ।

    साउन महिनामा मात्रै ३ सय १९ मोटरसाइकल चालकले नियम उल्लंघन गर्दा २ लाख ३८ हजार जरिवाना वापत राजश्व उठेको छ ।

    त्यस्तै नियम नमान्नेमा कार, जिप, ट्याक्सी, भ्यान लगायतका साना सवारी साधनका चालक पनि कम छैनन् । उनिहरुले गत महिनामा मात्रै २ लाख २३ हजार रुपैया ट्राफिकलाई जरिवाना बुझाएका थिए । जसमा ३ सय ९ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

    त्यस्तै १ सय७९ ट्रिप्पर तथा ट्रकका चालकले नियम उल्लंघन गरेको ट्राफिकको भनाई छ ।

    बढी लोड तथा प्रयोजन विपरित संचालन भएका यस्ता सवारीबाट १ लाख २२ हजार रुपैया राजश्वमा संकलन भएको छ भने बस तथा माइक्रोबाट १ लाख ५ सय जरिवाना उठाइएको छ ।

    साउनमा १ सय ४२ बस नियम विपरित संचालनमा रहेकाले उनिहरुलाई कारबाहीको दायरामा ल्याइएको ट्राफिक प्रमुख विकले बताए । यता १ सय ११ वटा ट्याक्टर समेत प्रहरी फन्दामा परेका छन् ।

    ट्राफिक नियम विपरित संचालनमा रहेका सो संख्याका ट्याक्टरबाट ७४ हजार जरिवाना प्रहरीले असुलेको हो ।

    जिल्ला सदरमुकाम आसपास क्षेत्रमा मात्रै केन्द्रित रहने ट्राफिक चेकजाँच गाउँपालिका स्तरमा समेत सुरु भएपछि कारवाहीमा पर्ने सवारीको संख्या बढेको कार्यालयको भनाई छ । ‘अहिले हामीले गाउँगाउँमा पनि चेकजाँचलाई कडाइका साथ अघि बढाएका छौ’ ट्राफिक प्रमुख विकले भने ‘चेक जाँच बढेकै कारण जरिवाना पनि बढेको हो ।’

    प्रयोजन विपरित संचालनमा रहेका सवारी साधन, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक, सवारी अनुमती पत्र नभएका, अवस्था ठिक नभएका, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी, ओजन, भार भन्दा बढी सामान बोक्ने लगायत बिभिन्न खाले नियम मिच्दै सवारी हाक्नेहरुलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले अभियान नै चलाएको जिल्ला ट्राफिक कार्यालय गोरखाका सुचना अधिकारी टिका शर्माले बताए ।

    पछिल्लो समय आरुघाट, घ्याम्पेशाल, नयाँपुल, पालुङ्टार, चोरकाटे, कोखेआहाले, बुंकोट, बाह्र किलो लगायतका क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँच बढाएको छ ।

    त्यस्तै आर्थिक बर्ष २०७५/०७६ मा १० हजार ६ सय सवारी साधनलाई कारबाही गर्दा ट्राफिकले ७२ लाख ३० हजार जरिवाना काटेको थियो ।

    त्यस्तै २०७४/०७५ मा ७१ लाख ६० हजार राजश्व संकलन हुदा ११ हजार सवारी कारबाहीमा परेका थिए । यसैगरी ८ हजार सवारीबाट आर्थिक बर्ष २०७२/०७३ मा ५१ लाख ५३ हजार ५ सय जरिवाना असुल भएको कार्यालयको तथ्यांकमा छ ।

    यो तथ्यांकलाई हेर्दा बर्षेनी जरिवाना वापतको रकममा बृद्धि हुदै गएको देखिन्छ । नियम उल्लंघन गर्ने सवारी वा चालकलाई दिर्घकालिन समाधानको उपाय खोज्नु भन्दा जरिवाना काट्न नै ट्राफिक प्रहरी केन्द्रित बनेको सरोकारवालाहरु बताउछन् ।

    फाइल तस्विर

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.