गोरखा समाचारदाता
गाेरखा – गोरखा नगरपालिका–१० को छेवेटारमा प्रभु बैंकको शाखा संचालनमा आएको छ ।
बिहीबार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले एक सय ९४ औँ शाखाको रुपमा छेवेटार शाखाको उद्घाटन गरेका हुन् ।
सो अबसरमा बोल्दै नगरप्रमुख पन्तले कृषि एवं व्यवासाय आधुनिकरणका लागि बैंकले सर्वसाधरणलाई सहुलियतमा कर्जा प्रवाह गर्नुपर्ने बताए ।
सोका लागि नगरपालिका बैंकसँग साझदारी गर्न तयारी रहेको उनको भनाई छ । आधुनिक कृषि, ब्यवशायीक माछापालनमा नगरपालिकाले बजेट बिनियोजन गरेको बताउँदै उनले बैंकले दिने ऋण पनि सरकारी कार्यक्रम पुरा गर्ने खालको बनाउन अनुरोध गरेका थिए ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको इजाजत पाएको प्रभु बैंकको छेवेटार शाखामा एटिएम, रेमिट्यान्स, सबैखाले कर्जा लगानी लगायत आधुनिक बैंकिङ प्रणालीबाट सेवा दिईने शाखाका म्यानेजर सन्तोष अर्यालले जानकारी दिए ।
प्रभु बैंक गण्डकी प्रदेश प्रमुख शान्ति शेरचनले किसान, बिदेशबाट फर्केका युवाहरु, सामुयिक ऋण लिएर काम गर्ने चाहना भएकाहरुलाई अनुदानमा सहजै ऋण दिएर ब्यवशायी बनाउने चाहना बैंकको भएको बताए । कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष देबिहादुर बस्नेत, युवा ब्यवशायी अविनास सिलवाल लगायतले मन्तव्य राखेका थिए ।



