गोरखा समाचारदाता
गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखामा सेवा ग्राहीको सुविधाको लागि बैंकको काउन्ट स्थापना गरेको छ ।
प्रशासन कार्यालयमा आउने सबै सेवाग्राहीहरुले आफुहरुले तिनुपर्ने सामान्य राजश्व पनि बैंक मार्फत भूक्तानी गर्दा ढिलाई भएको गुनासो गरे पछि कार्यालयको पहलमा राष्ट्रिय बाणिज्य बैंकले राजश्व काउन्ट स्थापना गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।
सानो तिनो रकमका लागि पनि कार्यालय देखी टाढा रहेको राष्ट्रिय बाणिज्य बैंकमा रकम जम्मा गनुपर्ने बाध्यताबाट अब भने सर्व साधारणले उन्मुत्ती पाउने भएका छन । कार्यालयमा आउने सेवाग्रीहरुले दैनिक जसो राहदानी, संस्था दर्ताको शुल्कका साथै अन्य राजश्वका रमक बुझाउन बैंक धाउनुपर्ने गर्दथ्यो ।
सरकारी कारोबार हुने एक मात्र राष्ट्रिय बाणिज्य बैंकमा राजश्व तिर्न सेवाग्राहीलाई लामो समय लाग्दा एकै दिनमा हुने सरकारी काम २ दिन सम्म लाग्ने र सेवाग्राहीको खर्च बढने गर्दथ्यो ।

कार्यालय परिषर भित्रै बैंकको काउन्टर स्थापना गरे पछि भने काम चाढो हुने र सेवाग्राहीले सुविधा बढी पाउने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
काउन्टरबाट दैनिक १ सय भन्दा बढीले सेवा सुविधा लिन सक्ने राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखाले जानकारी दिएको छ ।
त्यस्तै गरी पछिल्लो समय गोरखा नगरपालिकाले पनि एनआईसी नाम निजी बैंकको काउन्टर कार्यालय परिषर भित्रै सञ्चालनमा ल्याएको छ ।



