×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

‘शिक्षामा सरकारको लगानी, खोइ खोलो सुक्यो भनेजस्तै’

  •  
  • शनिबार, भदौ ०७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रशन्न पोखरेल

    नेपालमा सार्वजनिक शिक्षाको अवस्था कस्तो छ ?

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले कक्षा १ को किताबमा पढेको कविताबाट बुझाउने कोशिस गरे।

    ‘कुखुरी काँ,

    बासी भात खाँ

    ‍…………..

    …………..

    खोइ गाई? खोलाले बगायो,

    खोइ खोलो, सुक्यो।’

    यो कविताको अर्थ आफूले सचिव भएपछि बुझेको उनले सुनाए।

    ‘कवितामा साह्रै गम्भीर कुरा लेखेको छ। बिएड, एमए तहमा राख्नुपर्ने किन कक्षा १ मा राखिएछ?,’ उनले थपे, ‘खोइ गाई खोलाले बगायो। खोइ खोला सुक्यो, यो अन्तिम वाक्य कति महत्वपूर्ण छ। खोला सुकेपछि के बाँकी रह्यो र?’

    सचिव बराल ललितपुरस्थित रातो बंगला स्कुलमा शनिबारदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा सार्वजनिक शिक्षाको अवस्था झल्काउने आफ्ना कुरा सुनाउँदै थिए।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र र रातो बंगला स्कुलको आयोजनामा सार्वजनिक शिक्षा रूपान्तरणका लागि विज्ञ र शिक्षकहरू सम्मेलनमा सहभागी छन्।

    सम्मेलनमा अमेरिका, बंगलादेश, भारत, चीनलगायत देशका शैक्षिक विज्ञले ७५ वटाभन्दा बढी कार्यपत्र पस्कनेछन् भने ६० भन्दा बढी कार्यशाला हुनेछ। सरकारी र निजी विद्यालयमा पढाइराखेका सातै प्रदेशका ५० विद्यालयका छ सय भन्दा बढी शिक्षक सम्मेलनमा सहभागी छन्। शिक्षकले सिक्न चाहेको विषय छान्दै कार्यशालामा भाग लिन पाउँछन्।

    शिक्षा मन्त्रालयले २०६९ सालमा पनि रातो बंगलासँग मिलेर पहिलो सम्मेलन गरेको थियो।

    सचिव बराल भन्छन्, ‘यो सम्मेलन गुणस्तरीय शिक्षा कसरी बनाउन सकिन्छ भन्नेबारे खोजी गर्ने थलो हो।’

    शिक्षकलाई जति तालिम दिए पनि शैक्षिक उपलब्धिमा खासै परिवर्तन आउन नसक्नु विडम्बना भएको बताएका उनले तालिममा सिकेका ज्ञान र सीप कक्षा कोठासम्म पुर्‍याउनुपर्नेमा शिक्षकहरूको ध्यानाकर्षण गराए।

    ‘तालिम नलिएको कुनै शिक्षक छैन। तर हाम्रो शिक्षा किन परिवर्तन भएन?,’ उनले भने, ‘शिक्षकको प्रवृत्ति नै परिवर्तन नभएसम्म जति तालिम लिए पनि सुधार नहुने देखियो।’

    जति प्रयास, आयोजना र परियोजनाहरू ल्याए पनि खोइ खोला सुक्यो भन्ने कविताकै हरफजस्तो देशको शिक्षा हुन्छ कि भन्ने मन्त्रालयलाई चिन्ता भएको उनले बताए।

    ‘विद्यार्थीको जिज्ञासा मेट्न सक्नुभएन भने गुरू भइराख्नुको अर्थ हुँदैन,’ उनले भने, ‘यो कहाँबाट आयो? भन्ने विद्यार्थीको प्रश्नमा सूत्रबाट, नियमबाट मात्रै भन्नुभयो भने तपाईंले बुझाउन सक्नुभएन। सिकाउने विधि र मान्छे सबैभन्दा पहिले प्रष्ट हुनु जरूरी छ।’

    सचिव बरालले शिक्षाका नाममा विदेशी ‘डलर’ विभिन्न नाममा आए पनि खासै परिवर्तन हुन नसकेकोप्रति अर्को कथाबाट ब्यंग्य गरे।

    कम्बोडियामा मुसाले धान नष्ट गरेपछि सरकारले मुसा मार्नेलाई एक सय इनाम दिन थाल्यो।

    किसानहरू मुसा मार्दै पैसा लैजाँदै गर्थे। मरेका मुसा नष्ट गर्न सरकारलाई हम्मे परेपछि सरकारले रणनीति बदल्दै अब मुसा पर्दैन पुच्छर ल्याए हुन्छ भन्यो।

    किसानहरू पुच्छर लैजाँदै पैसा लिँदै फर्कन्थे। एक दिन सरकारले अध्ययन गर्दा धानको उत्पादन घटेको देखियो, मुसा मरेको।

    मुसा पनि मर्ने धान पनि घट्ने कुरा नमिलेपछि सूक्ष्म अध्ययन गर्दा किसानले मुसा नमारिकनै पुच्छर मात्रै लगेर पैसा ल्याएको भेटियो।

    किसानले मुसा जिउँदै छाडेर पुच्छर मात्रै लैजाने पैसा ल्याउने गर्दा रहेछन्।

    उनले कम्बोडियाको मुसा नियन्त्रण अभियानलाई नेपालको शिक्षासँग दाँजेका हुन्।

    ‘बुझिहाल्नुभयो होला, हामीकहाँ पनि शिक्षाका नाममा प्रोजेक्ट आएका छन्, फन्ट आएको छ तर उपलब्धि भएको छैन,’ बरालले भने।

    आयोजकमध्येका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले शैक्षिक प्रमाण पत्र बाकसमा थन्क्याएर राहदानी बोकेर विदेश धाउनुपर्ने अवस्थाबाट बाहिर ल्याउने गरी शिक्षा रूपान्तरण आवश्यकता परेको बताए।

    ‘तिम्रो हैसियत कति हो भनेर गुरूहरूले प्रमाणीकरण गरेको प्रमाणपत्र खोज्ने वातावरण अब यो मुलुकमा हुनुपर्छ,’ उनले भने, ‘राहदानी बोक्नै पर्ने हो भने यतिका वर्ष दु:ख गरेर पढेको/पढाएको के काम?’ पौडेलले पनि कथाबाटै आफ्ना कुरा बुझाउन खोजे।

    ‘म सानो हुँदा हजुरआमा भन्नुहुन्थ्यो, मोटाघाटा बाघलाई, दुब्ला पालता माघलाई।

    यो भनाइलाई शिक्षामा रूपान्तरण गरी हेर्दा पढेका छोराछोरी अमेरिका, बेलायत र जापानलाई,’ उनले थपे, ‘पढ्न नसक्ने पाखुरामा बल हुने छोराछोरी साउदी, अरब र मलेसियालाई। के यो मुलुक बूढाखाडामात्रै बस्ने ठाउँ हो? होइन युवाहरू पनि राख्ने हो भने शिक्षा रूपान्तरण नगरी हुँदैन।’

    दुनियाँका नयाँ ज्ञान र सीपलाई शिक्षकले कक्षाकोठामा लैजानुपर्ने उनले बताए।

    शिक्षा रूपान्तरणका लागि सिकाइ केन्द्रित गुणस्तरीय शिक्षा चाहिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेल तर्क गर्छन्।

    ‘चाखलाग्दो शिक्षण सिकाइ हुनुपर्छ,’ उनले भने, ‘लगानी, स्पष्ट शिक्षा नीति, भौतिक अवस्था तथा व्यवहारिक पाठ्यक्रम गुणस्तरीय शिक्षाका आयाम हुन्।’

    उनले शिक्षामा १३ प्रतिशत बजेट विनियोजन गरिएको र आगामी वर्षहरूमा थप वृद्धि गरिने जानकारी दिए।

    ‘शिक्षकको क्षमता वृद्धि गर्न र सूचना प्रविधिमा आधारित पाठ्यक्रम तयार गर्न स्थानीय सरकारलाई बजेट दिइसकेका छौं,’ उनले भने।

    सार्वजनिक विद्यालयको सबलीकरण गर्दै अबको एक दशकमा अभिभावकको पहिलो रोजाइ नै सार्वजनिक विद्यालय हुने गरी गुणस्तरीयतामा सरकारले ध्यान दिएको मन्त्री पोखरेलले बताए।

    ‘सार्वजनिक विद्यालय पहिलो रोजाइ बन्नुपर्छ,’ उनले भने।

    रातो बंगला फाउण्डेशनकी अध्यक्ष शान्ता दीक्षितले देशको मौलिकता बुझ्ने, परिवेशअनुसारको शिक्षा नै आजको आवश्यकता भएको बताइन्।

    ‘बेलायतबाट भारत हुँदै नेपाल ल्याइएको औद्योगिककालको शिक्षा अब काम छैन,’ उनले भनिन्, ‘हामीकहाँ ठूला उद्योग नै थिएनन् त्यसै हचुवाका भरमा त्यो शिक्षा ल्याइयो।’

    उनले समयानुकूल देशको मौलिकता, भूगोल र संस्कृति बुझ्ने शिक्षा चाहिएको बताइन्।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ ०७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.