- वडानम्बर ६ मा मात्रै ४२ लाख
मोहसिन अलिमियाँ
गाेरखा-गोरखा नगरपालिकाले गत आर्थिक बर्षमा ४ करोड राजश्व संकलन गर्दा वडा नम्बर ६ ले सबै भन्दा बढि राजश्व संकलन गरेको छ ।
आर्थिक बर्ष २०७५/०७६ मा वडा कार्यालय मार्फत ४२ लाख ६ सय ८४ रुपैयाँ राजश्व संकलन गरेको हो । बिशेषगरी एकिकृत सम्पत्ती कर, सबै प्रकारका सिफारिस दस्तुर, घर बहाल कर, नाता प्रमाणित कर लगायतका बिभिन्न कर मार्फत ६ नम्बरले १४ वटा वडा मध्ये सबैभन्दा बढि राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । यस वडामा जन संख्याको मात्रा अन्यको तुलनामा बढी रहेको र अधिकांश शहरी क्षेत्र समेत भएकाले राजश्व धेरै उठेको नगर प्रमुख राजनराज पन्तले बताए ।
त्यस्तै दोस्रोमा वडा नम्बर ८ परेको छ । ८ ले ३० लाख ३ सय ८७ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । त्यस्तै गरी वडा नम्बर १० ले १९ लाख २० हजार ४ सय ४२ रुपैयाँ संकलन गर्दै तेस्रो नम्बरमा परेको छ । १७ लाख ७९ हजार ३ सय ९३ रुपैयाँ राजश्व संकलन गरेको १० नम्बर वडा कार्यालय चौथोमा छ । यस्तै वडा नम्बर ११ ले ११ लाख ५२ हजार ९ सय २५ रुपैयाँ राजश्व संकलन गरेको छ ।
११ लाख ४१ लाख रुपैया संकलन गर्दै वडा नम्बर ९ छैटौ नम्बरमा परेको छ । १२ नम्बर वडाले ९ लाख ५२ हजार ८ सय ४८ राजश्व संकलन गरेको छ भने ५ ले ९ लाख ३१ हजार ४४ रुपैयाँ संकलन गरेको तथ्यांक कार्यालय संग छ । त्यस्तै ८ लाख ६ हजार ५ सय २२ रुपैयाँ राजश्व संकलन गर्दै वडा नम्बर ३ नवौ नम्बरमा परेको छ भने १० नम्बरले ५ लाख ४४ हजार ८ सय ८८ रुपैयाँ राजश्व संकलन गरेको बताइएको छ ।
४ लाख ८४ हजार ८ सय ७४ रुपैयाँ राजश्व संकलन गर्दै वडा नम्बर १३ एघारौ नम्बरमा छ भने वडा नम्बर १४ ले ४ लाख ८४ हजार १ सय ९६ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । दुई वडामा बाँडिएको साविकको ताप्लेमा सबै भन्दा कम राजश्व संकलन भएको छ । जस अनुसार १ मा ४ लाख ५० हजार ४ सय ५६ राजश्व संकलन भएको छ भने सबै भन्दा कम वडा नम्बर २ ले ४ लाख २ हजार १ सय ४० रुपैयाँ राजश्व संकलन गरेको छ ।
यस्तै १ बर्षको अन्तरालमा गोरखा नगरपालिकामा ४ करोड ६ लाख १५ हजार २ सय ४ रुपैयाँ राजश्व आम्दानी भएको छ । गत असारमा मात्रै ४७ लाख २८ हजार ६ सय ८३ रुपैया राजश्व संकलन गरेको नगरपालिकामा अन्य दस्तुरबाट १ करोड २६ लाख २ सय, अन्य सेवा शुल्कबाट ३३ लाख ५ सय, घरबहाल कर १२ लाख ३५ हजार २ सय ५० उठेको नगरपालिकाका लेखाअधिकृत प्रकाश थापा मगरले बताए ।
यस्तै नक्सापास दस्तुरबाट २ लाख ३४ हजार ७ सय ८, नाता प्रमाणित दस्तुरबाट ४७ हजार १ सय ३०, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ५ सय राजश्व उठेको बताइएको छ ।
ब्यवसाय राजिष्ट्रेशन दस्तुरमा ३ लाख ७९ हजार २ सय उठाएको कार्यालयले सम्पत्ति करबाट १० लाख २५ हजार २ सय १५, सरकारी सम्पत्ति वहालबाट ४ लाख ६६ हजार २ सय ३३ रुपैयाँ आय गरेको लेखा अधिकृत थापा मगरले बताए । कार्यालयले यस बर्ष सिफारिस दस्तुरबाट मात्रै ११ लाख ८० हजार ७ सय ४७ रुपैया राजश्व संकलन गरेको जनाएको छ ।



