×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३८ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६० मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

६४ अर्ब लगानीमा औद्योगिक पार्क बन्ने

  •  
  • शनिबार, साउन १८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भउचप्रसाद यादव

    काठमाडौँ, साउन १८ गते । झापाको दमकमा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्डको शुक्रबार बसेको बैठकले ६४ अर्ब रुपियाँ लगानी स्वीकृत गरेसँगै सो पार्क निर्माण हुने भएको हो । सो पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न समेत बैठकले स्वीकृति प्रदान गरेको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको लगानी बोर्डको बैठकले पार्क निर्माणका लागि ६४ अर्ब रुपियाँ स्वीकृत गरेको हो । सो पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न समेत स्वीकृति प्रदान गरेको जानकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दिनुभयो ।

    तिब्बतको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानीमा ‘दमक क्लिन इन्डस्ट्रियल पार्र्क’ नाम दिएको सो पार्क निर्माण हुन लागेको हो ।

    लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रदेश १ को राजधानी विराटनगरमा ‘लजिस्टिक पार्क’ निर्माण गर्नका लागि सीजी ग्रुप र सर्राफ ग्रुपलाई अध्ययन गर्ने अनुमति दिइएको जानकारी समेत प्रमुख कार्यकारी अधिकृत अधिकारीले दिनुभयो । यो पार्क निर्माणका लागि भदौमा सम्पन्न लगानी सम्मेलनमा सीजी ग्रुप र सर्राफ ग्रुुपबीचमा समझदारी पत्रमा (एमओयू)मा हस्ताक्षर भएको थियो ।

    प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष ओलीले कसरी परियोजनाहरूको कार्यान्वयन छनोटका कार्यहरू चाँडो छिटोछरितो गर्न सकिन्छ र त्यसका उपायहरू चाँडोभन्दा चाँडो लिएर आउन निर्देशन दिनुभएको जानकारी प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो ।

    समझदारी पत्रको कार्यान्वयन स्वरूप अध्ययन गर्न अनुमति दिइएको जानकारी समेत उहाँले दिनुभयो । विराटनगरमा निर्माण गरिने पार्कको निर्माण लागत सात अर्ब १८ करोड रुपियाँको रहेको छ । त्यसैगरी, बैठकले प्रदेश २ को राजधानी जनकपुरमा ‘लजिस्टिक पार्क’ निर्माणका लागि स्वीकृति प्रदान गरिएको जानकारी उहाँले दिनुभयो । यो पार्क निर्माणको जिम्मेवारी नेपाली कम्पनी ग्रीन इन्भेस्टलाई दिनका लागि स्वीकृति प्रदान गरिएको हो । उक्त पार्कको कुल निर्माण लागत ६ अर्ब २० करोड रुपियाँ रहेको छ ।

    त्यसैगरी, बैठकले ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणका लागि प्रस्ताव कम्पनीमध्ये चयन भएका दुईवटा कम्पनीलाई अबको २१ दिनभित्र सिलबन्दी प्रस्ताव पेस गर्ने गरी निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत अधिकारीले दिनुभयो ।

    प्रमुख कार्यकारी अधिकृत अधिकारीले भन्नुभयो, “दुईवटा कम्पनीमध्ये एउटा चीनको चाइना कन्स्ट्रक्सन पावर रहेका छन् भने अर्को चाहिँ जापान र कतारको ज्वाइन्ट भेन्चरका रूपमा रहेको कम्पनी रहेका छन् । यी कम्पनीले अबको २१ दिनभित्र सिलबन्दी बोलपत्र प्रस्ताव पेस गर्नेछ र त्यसको मूल्याङ्कनबाट विकासकर्ता कम्पनीको छनोट गरिने छ । ”

    गत भदौमा सम्पन्न लगानी सम्मेलनमा सो परियोजनाका लागि पाँचवटा कम्पनीकोे प्रस्ताव परेको थियो । ती पाँचवटा प्रस्तावमध्ये मूल्याङ्कन समितिले मूल्याङ्कन गरेर दुईवटा ‘एलिजिबल’ भएको सूची लगानी बोर्डसमक्ष पेस गरेको थियो ।

    सार्वजनिक–निजी साझेदारी तथा लगानी बोर्ड ऐन, २०७५ आइसकेपछिको यो लगानी बोर्डकोे दोस्रो बैठक हो । बैठकमा ऐनको कार्यान्वयनसँगसँगै भदौमा सम्पन्न लगानी सम्मेलनमा पेस भएका परियोजनाहरूसँग सम्बन्धित प्रस्ताव समेत पेस भएको थियो । यो सिलसिलामा लगानी सम्मेलनको अवसर र त्यसपछि आह्वान नगरिएका प्रस्तावहरू समेत प्राप्त भएको जानकारी प्रमुख कार्यकारी अधिकृत अधिकारीले दिनुभयो ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन १८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.