गोरखा समाचारदाता
साउन १७ गते । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। यो नेपालमा अहिलेसम्मकै उच्च मूल्य हो।
सुनको मूल्य साउन १० गते ६५ हजार ५ सय रुपैयाँ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकोले नेपालमा पनि सुनको भाउ बढेको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए।



