कैलासबावु श्रेष्ठ
साउन १० गते । प्रहरीले बिहीबार उत्तरी गोरखाको खोर्लामा फेलापारेको सुन र आरोपित धनकमल गुरुङ्गलाई राजश्व अनुसन्धन कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारी सहितको टोलीले शुक्रबार बरामद गरीएको १६ किलो सुन सहित सुन ओसारपसारमा संलग्न भएको आरोपमा धार्चे गाउँपालिका १ हुलचुकका धनकमल गुरुङ्गलाई राजश्व अनुसन्धान कार्यालय काठमाण्डौंको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अधिकारी बताए ।

प्रहरीले बुधबार गुरुङ्गलाई राजधानीको बनस्थली क्षेत्रबाट नियन्त्रणमा लिएर गोरखा ल्याएका थिए । गुरुङ्गकै सूचनाको आधारमा धार्चे गापा ३ को खोर्लाबेशी ओडारमा जमिनमुनी लुकाएको सुन प्रहरीले बिहीबार बिहान मात्र फेला पारेको थियो । कम्मरमा लगाउने पेटीमा सुरक्षित साथ राखिएको उत्त सुन बोरामा पोका पारेर जमिन मुनि गाडेर राखेको अवस्थामा फेला परेको थियो ।
अपहरणको नाटक
उत्तरी गोरखाको धार्चे गाउँपालिका १ हुलचुक बस्ने धनकमल गुरुङ्ग गाउँ संगै रहेको ब्यापारीक नाका यारुबगरमा ब्यावसाय गर्दै आएका ब्यापारी हुन । खच्चडका धनी समेत रहेका गुरुङ्गले आरुघाट, आरर्खेत र सोतीबाट उत्तरी गोरखामा सामान ढुवानी गदै आएका थिए ।
गएको असार ८ गते उनी सामान लिएर छेक्मपार पुगे । स्थानिय ब्यापारीलाई सामान जिम्मा लगाए पछि स्थानियबाट नै उनले ठुलो मात्रामा सुन खच्चडमा बोकाएर आरुघाट तर्फ आएका थिए । ११ गते यारु बगर बगरबाट हिडेका गुरुङ्ग माछाखोला पारी आए पछि एक्कासी सम्र्पक बिहीन भए । गुरुङ्गले १२ गते बिहान मात्रै आफ्नो निजी नम्बरबाट आफन्तलाई फोन गरेर अपहरणमा परेको जानकारी दिए र पुनः सम्र्पक बिहीन भए ।
फोनमा आफुलाई ५/६ जना नचिनेको समूहका युवाहरुले अपहरण गरेको जानकारी पाए लगत्तै उनका परिवारले प्रहरीमा खबर गरयो । प्रहरीले तत्कालै समूह समूह बनाएर गुरुङ्गको ब्यापक खोजी गरेता पनि उनी फेला परेनन । अपहरणमा परेको भनि नाटक गरेका उनी आफै उत्तरी गोरखाको जंगलमा लुक्दै हिडेको केही समय पछि राजधानी छिरेका थिए ।

गुरुङ्ग खोजीमा गएका प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा अजिरकोट गाऊँपालिका ३ का लोकबहादुर गुरुङ, सिरानचोक गाऊँपालिका २ का किरण भनिने करण गुरुङ र काठमाण्डौं महानगरपालिका १९ का कृष्ण शाहीलाई प्रहरीले गएको असार १४ गते नियन्त्रणमा लियो । प्रहरीको नियन्त्रणमा रहेका उनीहरुको बयानका आधारमा धार्चे गाऊँपालिका ३ का विपिन गुरुङ असार १६ गते पक्राऊ परे ।
त्यती बेला सम्म पनि प्रहरीले धनकमलको कुनै अत्तोपत्तो पाएनन । समातिएका सबैलाई सार्वजनिक मुद्वा दर्ता गरीयो । अपरहणमा परेका भनेका गुरुङ्ग भने परिवारको सम्र्पकमा रहेको जानकारी प्रहरीले पाए अनुन्धानलाई शुष्म ढंगले अगाडी बढाए । तर पछिल्लो पटक समातिएका चारै जनाको सहयोगमा धनकमल राजधानीमा रहेको भन्ने जानकारी पाए पछि प्रहरीले उनलाई राजधानीबाट पक्राउ गरयो ।
प्रहरीले धनकमल परिवारको सम्र्पकमा आउने तर प्रहरीको सम्र्पकमा आउन आनाकानी गरेको पछि प्रहरीको शुष्म अध्ययनले छेकम्पारबाट सुन लिएर आएको भन्ने पुष्टी भएको थियो ।
छिमेकी राष्ट्र चिनको तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराहरुले लुट्न खोजेपछि धनकमललेनै सुन लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गत वर्षको भदौ २३ गते पनि प्रहरीले सुन ओसारपसार गरिरहेका छेकम्पारका २ जनालाई सिर्दीबासको फिलिम प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट प्रहरीले १० किलो सुन बरामद गरेको थियो ।
पछिल्लो समय तस्करीको जालो बन्न थालेको गोरखामा केही बर्ष अगाडी मात्रै बहुमुल्य चिरुको रौ ठुलो मात्रामा समातिएको थियो ।
प्रहरीले बिहीबार नियन्त्रणमा लिएको १६ किलो सुनको मुल्य बिहीबारको बजार भाऊ अनुसार ८ करोड ९१ लाख ५९ हजार २ सय पर्दछ ।



