×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

ऋण लिएर घर गाडी किन्न गाह्रो, किस्ता तिर्ने क्षमताअनुसार ऋणको सीमा तोकिने

  •  
  • बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    साउन ८ गते । गैर व्यवसायिक कर्जामा कडाई हुने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको मौद्रिक नीतिमा व्यक्तिगत प्रयोजनमा गैरव्यवसायिक कर्जा लिनेहरुलाई कस्ने गरी नयाँ व्यवस्था गरिएको छ ।

    बैंकलाई आफ्नो आम्दानीको हिसावकिताव देखाएकै भरमा ठूलो रकमको कर्जा लिन नदिने गरी राष्ट्र बैंकले ‘ऋण भुक्तानी आम्दानी अनुपात’ तोक्ने नीति लिइएको छ । व्यक्तिको आम्दानीअनुसार किस्ताको सावा र ब्याज तिर्न सक्ने गरी मात्रै ऋण प्रवाह गर्न सीमा तोक्ने नयाँ व्यवस्था मौद्रिक नीतिमै आएको हो ।

    अब बैंक ‘कन्भिन्स’ भएपनि आम्दानी अनुसार सीमा नाघेमा चाहे जति गैर व्यवसायिक ऋण  पाइनेछैन ।

    मौद्रिक नीतिले व्यक्तिगत प्रकृतिका कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा, अटो कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर-व्यावसायिक कर्जा प्रवाहमा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा कायम गर्ने व्यवस्था गरेको छ ।

    बैंकहरुले सोही अनुपातलाई आधार बनाएर मात्रै ऋण प्रवाह गर्न पाउनेछन् । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले अब आम्दानी मात्रै हेरेर गैरव्यवसायिक कर्जा नदिने नीति लिइएको बताए । उनका अनुसार अब आम्दानीका आधारमा राष्ट्र बैंकले ‘ऋण भुक्तानी आम्दानी अनुपात’को अधिकतम सीमा तोक्नेछ ।

    ‘अब उसले गर्ने कुल आम्दानी हेरेर मात्रै हैन, उसको कर, प्राकृतिक खर्च लगायतलाई आधार बनाएर कर्जाको किस्ताबापतको सावाँ र ब्याज भुक्तानी गर्न सक्छ कि सक्दैन भन्ने आधारमा हामी आम्दानीअनुसारको अब सीमा तोक्नेछौं,’ उनीले भने,’बैंकहरुले त्यही सीमामा रहेर किस्ता तिर्न सक्ने ग्राहकलाई मात्रै गैरव्यवसायिक कर्जा दिन पाउनेछन् । ‘

    यसअघि सरकारले यस्ता विलासी किसिमका वस्तु तथा सेवा खरिदका लागि लिइने बैंकिङ कर्जालाई घटाउन अटो तथा होम लोनको सीमामा कस्ने योजना बनाएको थियो । तर, व्यवसायीले विरोध जनाएपछि राष्ट्र बैंकले घुमाउरो किसिमबाट व्यक्तिलाई यस्ता कर्जा लिन कडाइ गरेहको हो ।

    अब कम आम्दानी हुनेहरुले पनि बैंकबाट धेरै रकमको किस्तामा आधारित गैरव्यवसायिक कर्जा लिन पाउने अवस्था बन्द हुने अपेक्षा राष्ट्र बैंकको छ । आम्दानी राम्रो नभएपनि बैंकबाट ऋण लिएर घर तथा गाडी जोड्न चाहानेहरु यसबाट प्रभावित हुनेछन् ।

    उदाहरणका लागि महिनाको १ लाख आर्जन गर्नेले महिनामा किस्ताको सावाँ र ब्याजबापतको कति रकम तिर्न सक्छ भन्ने प्रक्षेपण गरेर राष्ट्र बैंकले ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा तोक्नेछ ।

    आम्दानीको आधारमा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम् सीमा तोकिएपछि  व्यवसायिक क्षेत्रमा कर्जा प्रवाह बढेर लगानीयोग्य पुँजीको अभाव र बढ्दो ब्यापार घाटाको समस्या पनि कम हुने विश्वास राष्ट्र बैंकको छ ।

    सरकारले ब्यापार घाटालाई कम गर्न र बजारमा पटक-पटक हुने तरलताको संकट समाधान गर्न यस्तो अस्त्र प्रयोग गरेको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.