गोरखा समाचारदाता
साउन ६ गते । मृत्तकको स्मृतीमा आफन्तले सदरमुकामको एक स्कुलमा हल निर्माण गरिदिएको छ ।
गोरखा नगरपालिका ८ मा रहेको सरस्वती माध्यामिक बिद्यालय आहालेमा सदरमुकामका अर्याल परिवारले हल निर्माण गरी दिएको हो । गोरखा नगरपालिका ६ बस्ने स्व.उमेश अर्यालको स्मृतीमा १ सय जना अटन सक्ने हलको निर्माण गरिदिएको दाजु निर्मल अर्यालले बताए ।

नव निर्मित हलको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले एक कार्यक्रम बिच रिबन काटेर उदघाटन गरेका थिए । हल निर्माणमा ७ लाख ५० हजार रुपैयाँ खर्च भएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विशेश्वर कट्टेलले बताए ।
‘उमेश अर्याल स्मृती सदन’ नाम दिएको उत्त हल उदघाटन कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ६ र ८ का वडाध्यक्षहरु, अर्याल परिवार तथा स्थानिय समाजसेवी र बिद्यार्थी एवं शिक्षकहरुकोे समेत उपस्थिती रहेको थियो ।



