×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

नेकपाको एकता प्रकृया आज टुङ्ग्याइदै

  •  
  • आइतबार, साउन ०५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुरेशकुमार यादव

    काठमाडौ साउन ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज एकताका सम्पूर्ण प्रकृया टुङ्ग्याउन लागेको छ ।

    प्रधानमन्त्री निवासमा आज १ वजे बस्ने पार्टीको सचिवालय बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’ ले तयार पार्नुको खाकालाई अन्तिम रुप दिइ एकता प्रकृया टुङ्गो लगाउने बताइएको छ ।
    प्रधानमन्त्रीका सचिवालयका अनुसार बालुवाटारमा सचिवालयको बैठक बस्ने भएको छ ।

    असार ३१ गते अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको छलफलमा केन्द्रीय कार्यसमितिको कार्यविभाजन, जिल्ला इन्चार्ज, सहइन्चार्ज लगायतको विषयमा गृहकार्य गरी खाका तयार गर्नुभएको छ । सोही खाकामा आज छलफल हुने बताइएको छ ।
    २०७४ जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र तत्कालिन (माओवादी केन्द्र) बीच एकीकरण भएको थियो । एकीकरण भएको तीन महिनापछि सम्पूर्ण एकता प्रकृया टुगों लगाउने एकीकृत पार्टीले सोही महिनाको ६ गते निर्णय गरेको थियो । तर माथिल्लो तहदेखि जिल्ला कमिटीसम्मको एकीकरण मिलाउँदा १४ महिना समय लागेको छ ।

    दुईपार्टी बीच भएको एकीकरणपछि अन्य संगठन र तहको समायोजनका लागि मापदण्ड तोकिएको थियो । सोही मापदण्ड अनुसार दुई दलबीच भागबण्डा गरी एकीकरण प्रकृया टुगों लगाउन थालेको छ । पार्टी एकीकरण भएको तीन दिनपछि अर्थात ६ गते नौ सदस्यीय सचिवालय गठन भएको थियो । सो सचिवालयमा तत्कालिन एमालेका ६ जना र तत्कालिन माओवादी केन्द्रका ३ नेता रहनु भएको छ । नेकपामा सचिवालयलाई शक्तिशाली कमिटीको रुपमा चिनिन्छ । पछिल्ला सबै निर्णयहरु सचिवालयको बैठकबाट नै हुने गरेको छ ।

    त्यस्तै, पार्टी एकीकरण भएको १३ दिनपछि अर्थात २०७४ जेठ १६ गते ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको थियो । त्यसमा तत्कालिन एमालेका तर्फबाट २६ जना र तत्कालिन माओवादी केन्द्रका तर्फबाट १९ जना नेता रहेका छन् । पार्टीमा यो कमिटीलाई निर्णायक कमिटी मानेपनि यो १४ महिनामा २ पटक मात्र बैठक बसेको छ ।

    एकीकृत पार्टीले एकीकरण भएको पाँच दिनपछि अर्थात २०७४ जेठ ८ गते ४४१ सदस्यीय केन्द्रीय कमिटी र स्थायी आमन्त्रित सदस्य ६ जनाको कार्यसमिति गठन गरेको थियो । त्यसमा तत्कालिन एमालेका २४१ जना र २०० जना तत्कालिन माओवादी केन्द्रबाट रहेका छन् । हालसम्म केन्द्रीय कमिटी बैठक एकपटक मात्र बसेको छ । २०७४ जेठ १० गते बालुवाटारमा बसेको बैठकमा पार्टीले सबै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको थियो । सोही नागरिकताका आधारमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको थियो ।

    नेकपाले लामो गृहकार्यपछि २०७४ असोज ५ गते प्रदेश कमिटीको टुगों लगाएको थियो । सात प्रदेशमध्ये ६ वटै प्रदेशको इन्चार्ज तत्कालिन एमालेले पाएको छ भने तत्कालिन माओवादी केन्द्रले कर्णाली प्रदेशको इन्चार्ज मात्र पाएको छ । एउटा पार्टीले इन्चार्ज पाएको ठाउँमा अर्को पार्टीले सहइन्चार्ज पाएको छ । प्रदेश कमिटीमा हालसम्म इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, र सचिवको मात्र टुगों लागेको छ । जसमा तत्कालिन एमालेले दुईजना अध्यक्ष पाएका छन् भने माओवादी केन्द्रले पाँजजना अध्यक्ष पाएका छन् ।

    नेकपाले बैशाख ९ गते ७७ जिल्लाका जिल्ला कमिटी टुगों लगाएको थियो । त्यतिबेला अध्यक्ष र सचिवको मात्र टुगों लगाइएको थियो । आइतवार जिल्लाको इन्चार्ज र सहइन्चार्जको टुगों लगाउँदैछ । स्रोत अनुसार ७७ वटा जिल्लामध्ये तत्कालिन एमालेले ४६ जिल्ला र तत्कालिन माआवादीले ३१ जिल्लामा इन्चार्ज पाउँदैछ । मापदण्ड अनुसार एउटा पार्टीले इन्चार्ज पाएको ठाउँमा अर्को पार्टीले सहइन्चार्ज पाउनेछ ।

    तत्कलिन एमालेले ४४ वटा जिल्ला र तत्कालिन माओवादी केन्द्रले ३३ वटा जिल्लाको नेतृत्व (अध्यक्ष) पाएका छन् । त्यस्तै तत्कालिन माओवादीले ४४ वटा जिल्ला तत्कालिन एमाले ३३ वटा जिल्लामा सचिव पाएका छन् । जिल्ला कमिटीको सदस्य संख्या न्युनतम १२५ रहने मापदण्डमा उल्लेख छ ।

    नेकपाले ठिक एक वर्षपछि गत जेठ ३ गते जनवर्गीय संगठनहरुको समायोजन टुुगों लगाएको थियो । २२ वटा जनवर्गीय संगठनमध्ये दुवै दललाई ११–११ वटा भागमा परेको छ । तत्कालिन पार्टीमा जनवर्गीय संगठनका संयोजक रहेकालाई संयोजक बनाइएको छ ।

    अध्यक्षद्धय ओली र प्रचण्डले गृहकार्य गरी ३२ वटा विभाग बनाउने टुगों लगाउनु भएको छ । २२ वटा विभागमध्ये अर्थ तथा योजना, उद्योग तथा वाणिज्य, निर्वाचन, न्याय, कानुन तथा मानवअधिकार, पर्यटन पर्वद्धन तथा नागरिक उड्डयन, प्रादेशिक मामला, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, युवा तथा खेलकुद, विदेश मामला, श्रम तथा रोजगार, संगठन, संघीय संसदीय, समाज कल्याण, सहकारी तथा गरिबी निवारण, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्या र नीति अध्ययन गरि जम्मा १८ वटा तत्कालिन एमालेले पाएको छ ।

    त्यस्तै तत्कालिन माओवादीले उपभोक्ता हित तथा आपूर्ति, कृषि तथा भूमिसुधार, कोष तथा आर्थिक, व्यवस्थापन, खानेपानी तथा सरसफाइ, जलस्रोत, सिँचाइ तथा ऊर्जा, प्रचार तथा प्रकाशन, पुस्तकालय तथा अभिलेख, राजकीय मामला तथा सुशासन, राष्ट्रिय सुरक्षा पर्वद्धन, वन तथा वातावरण, विज्ञान तथा प्रविधि, शिक्षा तथा मानवस्रोत, साहित्य, कला तथा संस्कृति र स्थानीय तह गरि १४ वटा विभाग पाएको छ । ती विभागहरु न्युनतम ३५ सदस्यीय हुनेछ । जसमा तत्कालिन एमालेको तर्फबाट २० जना र तत्कालिन माओवादीको तर्फबाट १५ जना रहने मापदण्ड अनुसार अध्यक्षद्धयले खाका तयार गर्नुभएको छ ।

    नेकपामा ३ वटा विभिन्न आयोग रहनेछन् । जसमध्ये तत्कालिन एमालेको भागमा २ र तत्कालिन माओवादी केन्द्रको भागमा १ वटा आयोग परेको छ । त्यस्तै पार्टीमा २२१ सदस्यीय केन्द्रीय सल्लाहकार समिति रहनेछ । त्यसमा तत्कालिन एमालेका तर्फबाट १२१ जना र तत्कालिन माओवादीको तर्फबाट १०० जना रहने बताइएको छ । पार्टीमा एउटा जेष्ठ कम्युनिष्ट मञ्च पनि गठन हुने भएको छ । त्यसमा १२१ जना तत्कालिन एमालेको तर्फबाट र तत्कालि माओवादीबाट १०० जना रहने खाका अध्यक्षद्धयले तय गर्नुभएको छ ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.