×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

कम्युनिष्ट नेता अधिकारीको सम्झना

  •  
  • आइतबार, साउन ०५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखामा नेकपा (क्रान्तिकारी माओवादी) का दिवंगत नेता श्रीनाथ अधिकारी प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । असार २२ गते उपचारका क्रममा काठमाण्डौमा निधन भएका नेता अधिकारीको सम्झनामा गोरखा सदरमुकाममा श्रद्धाञ्जली कार्यक्रम भएको हो । सुरेश वाग्ले (बासु) स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठले अधिकारीका सकारात्मक चरित्रको सबैले शिक्षा लिन जरुरी रहेको बताएका छन् । अधिकारीको क्रान्तिप्रतिको निष्ठा, निरन्तरता, सरलता, स्वच्छता, जनतासंग घुलमिल हुन सक्ने क्षमता सबैले अनुसरण गर्नु पर्ने उनले बताए ।

    प्रबक्ता श्रेष्ठले उनलाई सच्चा श्रद्धाञ्जली दिने हो भने हामी समाजवाद पुग्ने बाटो तयार गर्न सक्नु पर्ने धारणा ब्यक्त गरे । फरक प्रसंगमा बोल्दै श्रेष्ठले सरकारमा गएर जनता लाई जोड्दै आर्थिक सामाजिक रुपान्तरण समाजवाद समृद्धिको लक्ष्य नै नेकपा लक्ष्य भएको बताए । पद, शक्ति र सम्पत्तिका लागि पार्टीमा जे पनि गरिदिने प्रवृत्ति बढेको प्रति असन्तुष्टी समेत पोखेका छन् । ‘पोस्ट, पावर र पपर्टीका लागि जे पनि गरिदिने ?’ श्रेष्ठले प्रश्न गरे, ‘हामी ठूलो कांग्रेस हुन खोजेर भइँदैन । कम्युनिष्ट क्रान्तिकारी बुझेर जनताले हामीलाई शक्तिशाली बनाएको हो ।’
    पब्लिक, प्राइभेट साझेदारी गर्न पीपीपी आवश्यक भए पनि पार्टीभित्र अर्कै रुपमा बुझ्न थालिनु गलत भएको बताए । ‘हामी सम्पूर्ण रुपले पब्लिक प्राइभेट पार्टनरसीपमा लाग्नुपर्ने हो तर नीति र आचरणले हामीलाई दाई कांग्रेस हुन खोजेको देखियो ।’ पार्टीले वैचारिक र साँस्कृतिक समस्या हल गरी प्रष्ट भएर अघि बढ्नु पर्ने श्रेष्ठले बताए ।

    शहिद सुरेश वाग्ले वासु स्मृति प्रतिष्ठानका अध्यक्ष लोकनाथ वाग्लेको अध्यक्षतामा भएको कार्यक्रमका नेपाल कम्युनिष्ट पार्टी नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, नेकपा केन्द्रिय सदस्य लेखनाथ न्यौपाने, नेकपाका जिल्ला सचीव प्रेम गुरुङ, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य नारायण अधिकारी, कम्युनिष्ट नेता भक्ति लामिछाने, स्वर्गीय श्रीनाथ अधिकारीकी बहिनी शान्ता अधिकारी, शिक्षक टीकाराम श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

    मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तीकारी माओवादीका पोलिटव्युरो सदस्य समेत रहेका श्रीनाथ अधिकारीको फोक्सो क्यान्सरका कारण ६४ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.