×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

अमेरिका-इरान तनाव: लडाकु विमानसहित अमेरिकी सेना साउदी अरब जाने

  •  
  • शनिबार, साउन ०४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले “विद्यमान खतरा”बाट अमेरिकी स्वार्थको रक्षा गर्न अमेरिकी सेना साउदी अरब पठाइने बताएको छ।

    खाडी क्षेत्रमा पानीजहाज हिँड्ने सामुद्रिक मार्गको विषयमा इरानसँग अमेरिकाको तनाव चुलिएको बेला अमेरिकाले सामरिक अर्थ राख्ने यो कदम चाल्न लागेको हो।

    राजा सलमानले “क्षेत्रीय सुरक्षा र स्थायित्वका लागि” अमेरिकी सेना परिचालन गर्ने विषयलाई स्वीकृति दिइसकेको पुष्टि साउदी अरबले गरेको छ।

    इराक युद्धपछि साउदी अरबले सन् २००३ यता अमेरिकी सेना आफ्नो देशमा राखेको छैन।

    इराकले कुवेतमा आक्रमण गरेपछि सन् १९९१ मा साउदी अरबमा अमेरिकी सेना बस्न थालेका थिए।

    बीबीसीका उत्तर अमेरिका संवाददाता पिटर बोसका अनुसार अमेरिकाले पाँच सय सैनिकसहित प्याट्रिअट एअर डिफेन्स मिसाइल ब्याटरीहरू प्रिन्स सुल्तान बेसमा रहने बुझिएको छ।

    अमेरिका-इरान तनाव

    अमेरिकाले एफ-२२ लडाकु विमानहरू पनि पठाउनेछ।

    यूएस सेन्ट्रल कमान्डले प्रकाशित गरेको एउटा विज्ञप्तिमा सैन्य शक्तिको परिचालनले अनपेक्षित रूपमा सिर्जित खतराबाट सो क्षेत्रमा अमेरिकी सेना र स्वार्थको रक्षा गर्न थप बल पुग्ने उल्लेख छ।

    पहिला के भएको थियो ?

    अमेरिकाले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट आफू छुट्टिएको घोषणा गरेपछि दुई देशबीच तनाव बढ्न थालेको हो।

    इरान-अमेरिका

    त्यतिबेलादेखि नै अमेरिकाले इरानविरुद्ध पुन: प्रतिबन्ध लगाएको छ।

    गत महिना आफ्नो सीमामा अनधिकृत प्रवेश गरेको भन्दै इरानले स्ट्रेट अफ होर्मुजको सामुद्रिक मार्गमा एउटा अमेरिकी ड्रोन खसालिदिएको थियो। तर अमेरिकाले सो ड्रोन समुद्रमाथि अन्तर्राष्ट्रिय क्षेत्रमा भएको दाबी गरेको छ।

    अमेरिकाले आइतवारदेखि इरानी सेनाको नियन्त्रणमा रहेको पानामाको एउटा ट्याङ्कर र त्यसको चालकदलका १२ सदस्य मुक्त गर्न इरानलाई आह्वान गरेको छ।

    गस्तीका क्रममा उक्त तेलवाहक ट्याङ्करलाई इरानको रेभ्युलूशनरी गार्ड्सले तस्करीमा संलग्न भएको आशङ्कामा नियन्त्रणमा लिइएको बताएको छ।

    बिहीवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको पानीजहाजनजिकै आएको एउटा इरानी ड्रोन नष्ट पारिएको दाबी गरेका थिए। तर इरानले त्यसको खण्डन गरेको छ।

    इरानले आफ्नो ड्रोन सकुशल रहेको दाबी गरेको छ

    इरानले यूकेको झण्डा अङ्कित एउटा तेलवाहक ट्याङ्कर शुक्रवार आफ्नो नियन्त्रणमा लिएको छ। सो ट्याङ्करले नियम उल्लङ्घन गरेको तेहरानको आरोप छ।

    यूकेका विदेशमन्त्री जेरमी हन्टले उक्त ट्याङ्करलाई तत्काल नछोडिए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

    गत मे र जुन महिनामा ओमानको खाडीमा दुईवटा तेल ट्याङ्करमा भएको आक्रमणमा पनि इरान संलग्न भएको अमेरिकाको आरोप छ। तर इरानले त्यसको खण्डन गर्दै आएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन ०४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.