गोरखा समाचारदाता
साउन ३ गते । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारीले शुक्रबार अग्लो भवनबाट हामफालेर आत्महत्या गरेका छन् ।
कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको परीक्षणमा अनियमितता आरोप लागेका रामबहादुर पाण्डे क्षेत्रीले भवनको अग्लो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।
उनले आफन्त र नजिकका मान्छेलाई उत्तीर्ण गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको थियो। अख्तियारले दुई साताअघि पाण्डेसहित १० जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।



