गोरखा समाचारदाता
साउन ३ गते । कैलाली बम विस्फोटन भएको जिम्मा नेत्रविक्रम चन्द समूहले लिएको छ ।
सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै पार्टीको कामको सिलसिलामा आत्म रक्षाका लागि बोकेका बम अचनक विस्फोट भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
उक्त घटनामा परी मृत्यु हुने पार्टी कार्यकर्ता रामबहादुर सिंह (राजेश) भएको जनाएको छ । घटनाको मुख्य जिम्मेवारी सरकार भएको उल्लेख गर्दै त्यसको सम्पूर्ण जिम्मा फासीबादी ओली सरकारले लिनु विज्ञप्तीमा भनिएको छ ।
विस्फोटमा घाइते सिंहको उपचारका क्रममा मृत्यु भएको थियो । होटलमा चिया पिउने क्रममा उनले झोलामा बोकेको ‘टिफिन कन्टेनर’ च्यापिँदा विस्फोट भएको अनुमान प्रहरी गरेको छ ।




