×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

नहरमा पानी नआउदा आकाशकै भर

  •  
  • शुक्रबार, साउन ०३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    असार ३ गते । केहिदिन यता कुन्दुरटार सिंचाई आयोजना अन्तरगत जरेवर–छेवेटार खण्डको नहरमा पानी नआउदा त्यसक्षेत्रका किसान मर्कामा परेका छन् । चारदिन अघिदेखि नहरमा पानी आउन छोडेपछि रोपेको खेतमा आकाशको भर पर्नुपरेको छ । ‘रोप्ने बेलामा पनि बडा मुस्किलले रोपियो, रोपेपछि नहर फेरी बन्द’ स्थानीय हरी कुमालले भने ‘नहर छ भन्नु मात्रै भएको छ, चाहिएको बेला आकाशको पानी कुर्नुपर्ने बाध्यता भएपछि हुनु र नहुनुको के अर्थ ।’

    करिब १३ बर्षअघिदेखि अलपत्र आयोजना निर्माणको काम यस बर्षबाट मात्रै सुरु भएको थियो । तर ठेकेदार कम्पनी र उपभोक्ता समितिले समयमै काम नगर्दा सिञ्चाईमा नहरको भर पर्नुपर्ने अधिकांश किसान पिडामा रहेका छन् । उसो त केहि स्थानमा भने नहरकै पानीले रोपेको खेत पनि बगाएको छ । ‘मर्मत गर्ने बेला नहरको पानी ल्याएर ज्यामिरे खोलामा छोड्दिएछन, खेत पनि रोपेर सकियो, ४ दिन अघि नहरको वाल ढलेर १४/१५ जनाको खेत सबै बगाएर फेरी रोप्नुपर्ने अवस्थामा छ’ बोरावेशीका चन्द्रकान्त पोखरेलले भने ‘चार दिन भयो नहरमा पानी आएको आएको छैन, बाँकी रहेको खेत सुक्ने अवस्था भो ।’

    केहिबर्ष अघि नै जरेवरदेखि छेवेटार नजिकसम्म ८ किलोमिटर नहर निर्माण भइसकेको थियो भने यस बर्ष ७ सय ६३ मिटर ढकन सहितको नहर नयाँ बनेको छ । निर्माण सम्पन्न भइसकेको नहरलाई समेत ब्यवस्थित बनाउन नसक्दा बर्षौदेखि यस क्षेत्रका किसानले सास्ती खेप्दै आएका छन् । खेत रोपाई सुरु हुनुपूर्व नै आयोजनाको कार्यालयले उपभोक्ता समितिलाई मर्मत गर्ने जिम्मा दिएको थियो । तर समय बिताएर मर्मतको काम सुरु गरेको समितिले मध्य रोपाईको समयमा झण्डै १० दिन नहर बन्द गराउदा त्यसबेला समेत किसानले सास्ती भोगेका थिए ।

    उपभोक्ता समिति भने आयोजनाकै कारण काममा समस्या हुदै आएको बताउछ । ‘हामीलाई समयमा रकम पनि नदिने, प्राविधिक नहुने’ समितिका अध्यक्ष विनोदराज पन्तले भने ‘उधारो कामदार पाउन नि मुस्किल, पाइहाल्योे भने सरकारी रेटमा काम लगाउन नसकिने ।’ केहिदिन अघि परेको पानीका कारण तिन स्थानमा पहिरोले नहर थुनिएपछि चारदिनदेखि स्थानीयका खेतमा पानी परेको छैन । केहिदिनअघि मात्रै आयोजनाले नहर मर्मत सम्पन्न गरेको भन्दै समितिलाई १० लाख ८३ हजार ४ सय २ रुपैया भुक्तानी दिएको थियो । ‘हामीलाई झुक्याइयो, पहिला मर्मत गर्नुस १२÷१३ लाख पैसा दिन्छौ भनेका थिए’ समितिका अध्यक्ष पन्तले भने ‘तर पछि १० लाखको हाराहारीमा मात्रै भुक्तानी भयो, यसरी काम कसरी हुन्छ ?

    यता कार्यालय भने नहरमा पानी आए नआएको हेर्ने जिम्मा आफुहरुको नभएको बताउछ । मर्मत र हेरचाहका लागि समितिलाई नै जिम्मा दिइएकाले पानी आउने र नआउने बारे आफु अनविज्ञ रहेको आयोजना प्रमुख डा. देव नारायण शाहले बताए ‘अपरेशन र मेन्टिनेन्सको जिम्मा समितिको हो, नहर खेल्ने बन्द गर्ने कार्यालयको काम होइन ।’ उनले थपे । ‘उहाँहरुको क्षमताले भ्याएन भने मात्रै हामीले आवस्यक प्राविधिक जनशक्ति र सुझाव दिने हो ।’

    लामो समयपछि छुट्टै कार्यालय खडा गरेर आयोजना अघि बढाइएपनि ठेकेदार कम्पनी मेगा गोेरखाले सम्झौताअनुसार काम गर्न नसक्दा यसबर्ष २ करोड रकम फिर्ता भएको छ । यसबर्ष डिपिआर सहित ३ करोड ३८ लाख रकम आयोजनाका लागि विनियोजन भएपनि १ करोड ३८ लाख मात्रै खर्च भएको आयोजना प्रमुख शाहको भनाई छ । जरेबरदेखि कुन्दुरटारसम्म झण्डै १८ किलोमिटर नहर बनाउन अघिल्लो बर्ष मात्रै सदरमुकाममा छुट्टै कार्यालय स्थापना भएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन ०३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.