×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

रानी जमरा कुलरिया सिँचाइ आयोजनाबारे मन्त्रीले ढाँटे

  •  
  • बिहिबार, साउन ०२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    योगेश रावल

    बिहिबार, ०२ साउन  टीकापुर– रानी जमरा कुलरिया सिँचाइ आयोजना सञ्चालनमा आएको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ढाँटेका छन्। उनले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएर नहरमार्फत किसानका खेतमा सिँचाइ सुविधा पुगेको बताएका छन्। उनले इन्टेकमा रहेका आठवटा ढोकामध्ये तीनवटा सञ्चालनमा आएको दाबी गरेका छन्।

    तर, सिँचाइ आयोजनाको काम मन्त्री पुनले भने जसरी सञ्चालनमा आएको छैन। न त इन्टेकका ढोका सञ्चालनमा आएका छन् न नहरमा पानी बगेको छ। अहिले पनि यस क्षेत्रको १४ हजार हेक्टर भू–भागमा परम्परागत ढंगले नै सिँचाइ भइरहेको छ। मूल कुलो सिँचाइ प्रणालीका अध्यक्ष कुमारराज शाहीले सिँचाइ आयोजनाको नहर सञ्चालन भएको कुरा पूर्ण रुपमा गलत भएको बताए। ‘नहर सञ्चालन भएको हामीलाई थाहा छैन,’ उनले भने, ‘किसानले उही परम्परागत ढंगले सिँचाइ गर्दै आएका छन्।’

    आयोजना प्रमुख मधुकर रानाले मन्त्री पुनले नहरमा पानी सञ्चालनमा आएपछि त्यसरी सिँचाइ हुने भन्न खोजेको हुन सक्ने बताए। ‘अहिले नै त्यसरी सञ्चालन भयो होइन कि पछि हुने भन्न खोज्नुभएको होला,’ उनले भने, ‘अहिले त परम्परागत प्रणालीबाटै सिँचाइ भइरहेको छ।’

     मन्त्री पुनले भने जसरी सञ्चालनमा आएको छैन। न त इन्टेकका ढोका सञ्चालनमा आएका छन् न नहरमा पानी बगेको छ। अहिले पनि यस क्षेत्रको १४ हजार हेक्टर भू–भागमा परम्परागत ढंगले नै सिँचाइ भइरहेको छ।

    उनले आर्थिक वर्ष ०७०/०७१ मै निर्माण सम्पन्न भएको इन्टेकका तीनवटा ढोकामा उपकरण जोड्ने काम सम्पन्न भएको बताए। सो उपकरणले पानीको आवश्यकता अनुसार ढोका स्वचालित रुपमा खुल्ने र बन्द हुने बताइएको छ। उनले अन्य पाँचवटा ढोकामा समेत उपकरण जोड्ने काम भइरहेको बताए। ‘उपकरण जोडिएका ढोकाको परीक्षण समेत गरिएको छ,’ उनले भने, ‘अन्य ढोकामा समेत उपकरण जोड्ने काम चाँडै सम्पन्न हुन्छ।’

    उपकरण जोडिएको इन्टेक र नदीको पानी नहर प्रवेश गराउन बनेको अर्को मुख्य इन्टेकबीचमा पानी भण्डारण स्थल छ। सोही भण्डारण स्थलमा जमेको पानी परीक्षणका क्रममा नहरमा बगाइएको हो। यसैलाई नहरमा पानी सुचारु भएको भन्दै मन्त्री पुनले आयोजनाको उपलब्धिका रुपमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्।

    मुख्य इन्टेकमा रहेका १४ वटै ढोका अहिले पनि बन्द अवस्थामा छन्। ती ढोका नहर पूर्ण रुपमा तयार नहुँदासम्म प्राविधिक रुपमा खोल्न नमिल्ने बताइएको छ। ‘ती ढोका अहिले खोल्ने कुरै भएन’ आयोजना प्रमुख रानाले भने, ‘एकातिर नदीमा बाढीको बहाव उच्च छ भने अर्कोतिर नहर निर्माणको काम पूरा भएको छैन।’

    इन्टेकका सबै ढोकामा उपकरण जोड्ने काम सम्पन्न भए पनि नहरमा अझै पानी सुचारु गर्ने अवस्था छैन। कर्णाली चिसापानीस्थित मुख्य इन्टेकबाट करिब साढे आठ किलोमिटर टाढा रहेको डुँडेझारीसम्म मात्रै नहर निर्माणको काम लगभग सम्पन्न भएको छ। डुँडेझारीबाट पश्चिमतर्फ लम्की शाखा नहर विस्तारको काम निर्माणाधीन अवस्थामा छ।

    सोही ठाउँबाट नहर दक्षिणतर्फ रहेको कटासेबाट रानी, जमरा र कुलरिया कुलामा मिसाइनेछ। यी तीनवटै कुलामार्फत पानी किसानका खेतसम्म पुग्नेछ।

    डुँडेझारीबाट कटासेबीचको भागमा आयोजना अन्तर्गतको विद्युत्गृह निर्माणको काम अलपत्र अवस्थामा छ, जहाँ ४.७ मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ।

    जानकी गाउँपालिका–९ मा विद्युत्गृह निर्माण सुरु भएको पाँच वर्ष भयो। पटकपटक म्याद थप गर्दै आएको एसइडब्लू÷तँदीले सन् २०१७ जुलाईमा निर्माण सक्ने भन्दै सन् २०१४ मा विद्युत्गृह र पाँच किलोमिटर नहर निर्माणको ठेक्का सम्झौता गरेको थियो।

    विद्युतगृह निर्माणको काम समयमा सम्पन्न नहुँदा समेत नहरमा पानी छाड्ने काम अनिश्चित जस्तै छ। निर्माणाधीन विद्युत्गृहबाट दक्षिण कटासेसम्म नहर निर्माणको काम समेत अलपत्र छ, जुन नहर परम्परागत कुलो प्रणालीमा मिसाउने आयोजनाको लक्ष्य छ।

    विद्युतगृह र नहर निर्माणको काम पूर्ण रुपमा सम्पन्न नहुँदासम्म मुख्य इन्टेकबाट नहरमा पानी बगाउने काम सम्भव नभएको आयोजना प्रमुख राना स्विकार्छन्। उनले यदि त्यसो गरे पनि मुख्य इन्टेकबाट साढे पाँच किलोमिटर पश्चिममा रहेको सेट्लिङ बेसिन (बालुवा झार्ने ठाउँ) बाट पानी पुनः परम्परागत कुलोमा मिसाउनुपर्ने बाध्यता रहेको बताए।

    सिँचाइ आयोजना निर्माण सम्पन्न भएपछि यसक्षेत्रको करिब ३८ हजार हेक्टर भू–भागमा सिँचाइ सुविधा पुग्ने बताइन्छ। यस आयोजनाको निर्माण कार्य आर्थिक वर्ष ०६५/६६ बाट सुरु भएको हो। सन् २०२३ डिसेम्बर ३१ म आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ। यस आयोजनाको कुल लागत २७ अर्ब हो। यो आयोजना विश्व बैंकको अनुदान, नेपाल सरकारको संयुक्त लगानी र जनश्रमदानमा निर्माण भइरहेको छ।

    nagarik

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन ०२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.