कैलासबावु श्रेष्ठ
साउन २ गते । दरौदी नदीमा करेन्ट लगाएर माछा मार्नेहरुलाई जिल्ला प्रशासन कार्यालयले जनही १० हजार रुपैयाँ जरिबाना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार असार ३१ गते गोरखा नगरपालिका १२ को दरौदी नदी क्षेत्रमा करेन्ट लगाएर माछा मार्ने गोरखा नगरपालिका १२ का शिव कुमाल, रामकुमार परियार, नारायण कुमाल, नबिन कुमाल र आशिष कुमाललाई प्रहरीले असार ३० गते पक्राउ गरेको थियो ।
पक्राउ परको सबैलाई असार ३१ गते जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी सार्वजनिक मुद्वा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी महेन्द्र नेपालले जानकारी दिएका थिए । पक्राउ परेकाहरुबाट खोलामा माछालाई करेन्ट लगाउन प्रयोग गरिएको ब्याट्री र अन्य सामाग्रीहरु पनि बरामद गरीएको थियो ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय गोरखाले विहीबार जनही १० हजारका दरले जरिवाना गर्ने निर्णय गरेको प्रशासन कार्यालयले जानकारी दिएको छ । गोरखाको ईतिहासमा सार्वजनिक मुद्वा दर्ता भएर यति चाढो निर्णय भएको यो नै पहिलो पटक हो ।
३० गते पक्राउ परेका उनीहरु ४ दिनको हिरासत पछि आजै रिहा भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
फाईल तबिर



