गोरखा समाचारदाता
मालपोत कार्यालय बाँकेमा सेवाग्राहीले अब बैंकमार्फत राजस्व, दस्तुर बुझाउनुपर्ने भएको छ। कार्यालयले बुधबारबाट बैंकिङ प्रणाली लागू गरेको हो। सेवाग्राहीले मालपोत नजिकै रहेको नेपाल बैंक लिमिटेडमा पुगेर रकमजम्मा गरी कार्यालयलाई भौचर बुझाउनुपर्नेछ। उक्त प्रणालीको बुधबार एक कार्यक्रमकाबीचशुभारम्भ गरियो।
कार्यालयले बैंकमार्फत् राजस्वलिने भएपछि जोखिमकमहुने विश्वास गरिएको छ। सेवाग्राहीले राजस्व, दस्तुर कार्यालयकाकर्मचारीलाई सीधै बुझाउँदाआर्थिक अनियमिततातथाअपारदर्शिताहुने गरेको गुनासो बाहिर आउने गरेको थियो।
मालपोत प्रमुख प्रेमबहादुर दौल्यालले बैंकबाट राजस्व, दस्तुर सीधै बुझाउँदाअबकार्यालयमा भीडभाड कमहुने र कर्मचारीलाई पनिकामको चाप धेरै नहुने बताए।



