×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

पुनःनिर्माणको वार्षिक समिक्षा

  •  
  • बुधबार, साउन ०१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • ८५ प्रतिशत घर बनेको प्राधिकरणको दाबी

    नरेन्द्र ढकाल

    साउन १ गते । जिल्लामा निजि आवास पुनःनिर्माणको ८५ प्रतिशत काम सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दाबी गरेको छ ।

    आर्थिक २०७५/०७६ मा भएका कामको वार्षिक समिक्षा गर्दै जिल्ला आयोजना कार्यान्वयन इकाइले उक्त कुरा बताएको हो । ‘अहिलेसम्मको अवस्था हेर्दा निजि आवास तर्फ ८५ प्रतिशत भन्दा बढि प्रगति देखिन्छ’ इकाई प्रमुख रामशरण आर्चायले भने ‘यो लाभ ग्राही कायम भएकाहरुको मात्र तथ्याङ्क हो, गुनासो मार्फत ठूलो संख्या थप हुने अवस्थामा छ । उक्त आकडा यहाँ समावेश गरिएको छैन् ।’ ७१ हजार १ सय ६२ लाभ ग्राही पहिचान भएकोमा ६५ हजार ३ सय ६९ अथार्त ९१.७८ प्रतिशतले अनुदान सम्झौता गरेका छन् । तीमध्ये सबै जनाले पहिलो किस्ता बुझेको देखिन्छ । ४९ हजार ४ सय ८८ अथार्त ८३.५३ प्रतिशतले दोश्रो र ५३ हजार १ सय २० अथार्त ७४.६४ प्रतिशतले तेश्रो किस्ता बुझेको तथ्याङ्कमा उल्लेख छ । हालसम्म २०३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । जोखिमयुक्त वस्तीमा रहेका ५२६ घर मध्ये ४४१ ले पहिलो र २९७ ले दोश्रो किस्ता लिएका छन् । यसै गरी १७० जनाले गैर लाभ ग्राहीले अनुदान रकम फिर्ता गरेका छन् ।

    दोहोरो सुबिधा लिएका ३९ घरले आफूले बुझेको अनुदान रकम फिर्ता गरिएको आर्चायले बताए । प्रवलीकरण लाभग्राहीको सूचीमा रहेका १ हजार ४०३लाभग्राही मध्ये ७१ जना पुर्ण लाभग्राही कामय भएका छन् । पुर्ण लाभग्राहीको सूचीमा रहेका २० जनाले भने प्रवलीकरण रोजेको प्राधिकरणले जानकारी दिएको छ । १२ हजार २४६ भूकम्प पिडितले आफ्नो नाम छुटेको भन्दै प्राधिकरणमा निवेदन दिएका थिए । ती मध्ये ११ हजार ९५३ घरको पुनःजाँच सर्वेक्षण गरिएको छ । जिल्लामा ६५ वटा घर इन्जिनियर प्राविधिक पुग्नु अघि निर्माण भएको कार्यालयले जानकारी दिएको छ ।

    कार्यक्रममा निजि आवास अनुदानका अलवा अन्य वातावरण तथा सामाजिक सुरक्षण कार्यक्रमका प्रगती, जिल्लामा कार्यरत एनजिओ आइनजिओको प्रगती, भूकम्प सहायता आयोजना अन्र्तगत निर्माणाधिन सडकको कार्य प्रगती लगायतको बारेमा पनि जानकारी गराइएको थियो । ‘लुँइटेल भञ्जाङ (नयाँगाउँ सडकको काम पुरा भइसकेको छ’ आर्चायले भने ‘घ्याम्पेसाल–स्वाँरा) सौरपानी सडकमा भने काम पुरा भएको छैन्, भएको पनि गुणस्तरिय छैन् ।’ ठेकेदारले सम्झौता अनुसार काम नगरेको भन्दै उक्त सडकको भुक्तानि समेत रोक्का गरिएको उनले बताए ।

    गुम्बा पुर्ननिर्माण आयोजना तर्फ भने उल्लेख्य प्रगती हुन सकेको छैनन् । पुर्ननिर्माण गर्नुपर्ने (ग्रेड ४र ५) का ९१ गुम्बा मध्ये एउटा र मर्मत गर्नुपर्ने गुम्बाहरु (ग्रेड १,२, र ३) का १३ मध्ये पनि एउटा गुम्बाको मात्र सम्झौता भएको छ ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य हरिराज अधिकारीले अब पुर्ननिर्माणको जिम्मेवारी वडाहरुलाई दिनु पर्ने बताएका छन् । ‘वडाहरुलाई बढि जिम्मेवारी दिनुपर्छ, यो वडाले टुंग्याउने विषय हो’ उनले भने ‘तव मात्र पुनःनिर्माणको कामले पूर्णता पाउँछ ।’ काम सम्पन्न गरेका वडाहरुले सम्पन्नताको घोषणा समेत गदै लैजानु पर्ने उनको भनाई छ ।

    कार्यक्रमा प्रदेश सभा सदस्य हरिशरण आर्चायले भूकम्प गएको लामो समय भइसकेकाले पूर्णता तर्फ केन्द्रित गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिकी उप प्रमुख जनुका अधिकारी, प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, उद्योग वाणिज्य संघका अध्यक्ष जिवनज्योति श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तव्य राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ०१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.