×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गोरखानगरमा झण्डै १ अर्बको बजेट

  •  
  • बुधबार, साउन ०१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • पर्यटन क्षेत्रको विकास मुख्यप्राथमिकतामा

    मोहसिन अलिमिया

    साउन १ गते । पर्यटन लगायतका क्षेत्रलाई मुख्यप्राथमिकतामा राखेर गोरखानगरपालिकाले झण्डै १ अर्ब रकम बराबरको बजेट सार्वजानिक गरेको छ । नगरप्रमुख राजनराजपन्तको अध्यक्षतामामंगलबार भएको पाँचौ नगरसभामाउपप्रमुखविनाकुमारी श्रेष्ठले ९६ करोड ८० लाख २ हजार ४ सय ४० रुपैया बराबरको बजेट सार्वजानिक गरेकीहुन् । उपप्रमुख श्रेष्ठले प्रस्तुत गरेको बजेटमा पर्यटन क्षेत्रको एकिकृत विकास, कृषि क्षेत्रको आधुनिकिकरण, यान्त्रिकीकरण र ब्यवसायीकरण, भौतिकपूर्वाधार संरचनाको विकास एवं निर्माण, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको प्रत्याभुत गराउने कार्यक्रममुख्यप्राथमिकतामा परेका छन् । त्यस्तै मानव संसाधनको विकास, विधीको शासन, सार्वजानिक सेवाको प्रभावकारिता, जवाफदेहिताका साथै सुशासनप्रर्वद्धन समेत बजेटको प्राथमिकतामा छन् ।

    नगरपालिकाले आगामीबर्ष बिभिन्न क्षेत्रबाट प्राप्तहुने अनुदान, राजश्व, आन्तरिक ऋण, उपभोक्ता समितीको नगद सहभागिता, आन्तरिक आम्दानीलगायतलाई अनुमानितआयका रुपमा राखेको छ । जसअनुसार नेपाल सरकारबाट प्राप्तवित्तिय समानीकरण अनुदान २३ करोड ३१ लाख, सशर्त अनुदान २६ करोड ९४ लाख, राजश्व बाँडफाँडबाट ११ करोड १४ लाख, विद्युत रोयल्टीबाट १ करोड २४ लाख र सामाजिक सुरक्षाभत्ताकालागि १४ करोड, गण्डकी प्रदेश सरकारबाट प्राप्तहुने वित्तिय समानिकरण अनुदान १ करोड २९ लाख, राजश्व बाँडफाँड ८५ लाख, समुपुरक अनुदान १ करोड आयहुने अनुमान गरेको छ । त्यस्तै नगरपालिकाको आन्तरिक स्रोतबाट ५ करोड, आन्तरिक ऋणबाट १ करोड, सडक बोर्डबाट ९० लाख, नगर विकास कोषबाट ६ करोड, उपभोक्ता समितीबाट नगद सहभागिता २ करोड ११ लाख र नगरपालिकाको नगदमौजाद २ करोड गरी ९६ करोड ८० लाखको आयहुने अनुमान नगरपालिकाको छ ।

    यसैगरी नगरपालिकाको कार्यालयले बिभिन्नशिर्षकमाखर्च गर्ने गरी प्रत्येक वडालाई १ करोडका दरले रकम छुट्याएको छ । त्यस्तै नगरस्तरीय कार्यक्रममापूर्वाधार विकास तथा योजनामा ५६ लाख, सामाजिकविकास कार्यक्रमतर्फ १ करोड ८ लाख ५० हजार, वनवातावरण विपदब्यवस्थापनविकासमा ६५ लाख रकमबिनियोजन गरेको जनाएको छ । यसैगरी प्रशासनतथाअनुगमनतर्फ २५ लाख, शिक्षा क्षेत्रमा १ करोड ९३ लाख ९८ हजार, स्वास्थ्य क्षेत्रमा १ करोड, कृषि सेवामा ९६ लाख ३० हजार, पशु क्षेत्रतर्फ ५४ लाख ३५ हजार रकमबिनयिोजन गरिएको सभामाउपप्रमुखश्रेष्ठले बताईन् ।

    त्यस्तै सभामा प्रस्तुतभएको बजेटमा आयुर्वेद स्वास्थ्य प्रवद्र्धनलाई १८ लाख, राजश्वब्यवस्थापनतथा कर प्रशासन सुदृढीकरणमा ३ लाख ५० हजार, न्यायिक समितिलाई ३२ लाख, पुर्ननिर्माणमा ५० हजार, सहकारी प्रशासनतर्फ १० लाख ५० हजार, आइटि सम्बन्धिकार्यक्रममा ५० लाख रकमबिनियोजन भएको छ । यसैगरी १० करोड ६८ लाख २५ हजार रकमकार्यालय ब्यवस्थापन र कर्मचारी परिचालनकालागि छुट्याइएको जनाएको छ ।

    नगरक्षेत्रभित्र रहेकाबिभिन्नपर्यटकिय क्षेत्रको विकास गर्ने योजना समेत नगरपालिकाले अघि सारेको छ । जसअनुसार पाटेचौर रानिवनपन्थेश्वाँरा भिमसेन पार्क गोरखा दरवार पर्यटकिय मार्ग निर्माणका लागि १ करोड ५० लाख, मझुवा देउरालीमाबन्दै गरेको गोरखा गेटका लागि १ करोड, चिल्ड्रेनपार्कमा खेलकुद मैदानकालागि २५ लाख, स्टोन पार्क निर्माणका लागि १५ लाख, रामशाहघाट प्रवद्र्धनकालागि १५ लाख, गोरखाजाऔ अभियानतथापर्यटन पूर्वाधारकालागि २५ लाख, प्याराग्लाइडिङका लागि १० लाख, होमस्टे प्रवद्र्धनमा १५ लाख रकम छुट्याइएको छ । त्यस्तै बिभिन्नजातजाती, धर्मावलम्बीहरुको भाषा, संस्कृतीतथाधार्मिक सम्पदा संरक्षणका लागि समेत नगरपालिकाले बजेट बिनियोजन गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ०१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.