- विश्व समुदायलाई नेपाल भ्रमण गर्न शिक्षा मन्त्री पोखरेलको आव्हान
न्युयोर्क/ असार ३१ गते । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आव्हान गरेका छन् ।
नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाउन लागिरहेको पुर्वसन्ध्यामा मन्त्री पोखरेलले नेपाल बिश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्यको एक भएको बताउदै बिश्व समुदायलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिए । युनेस्कोको आयोजनामा अमेरिकाको न्युयोर्कमा आयोजित दिगो बिकास लक्ष्य–४ सम्बन्धि ‘हाई लेभल पोल्टिकल फोरममा’ भाग लिन न्युयोर्क रहेका पोखरेलले कन्सुलेट जनरल अफ नेपाल र नेपाल अमेरिका फाउण्डेसनको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजनामा भिजिट नेपाल २०२० लाई सफल बनाउन आयोजित नेपाल को पर्यटन कला र सस्कृती बिषयक गोष्ठीलाई सम्बोधन गरेका थिए ।
मन्त्री पोखरेलले बुद्धको जन्मभुमी, बिश्वको अग्लो समगरमाथा भएको देश नेपालको बिश्वमा छुट्टै पहिचान भएको भन्दै पोखरेलले नेपाल प्राकृतिक, सास्कृतिक रुपमा धनी भएको बताए । पोखरेलले नेपाल सरकारले २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको जानकारी समेत गराए ।
मन्त्री पोखरेलले नेपालिहरु अतिथी सत्कारको लागि राम्रो सेवा दिन सक्षम रहेको पनि बताए । विश्व समुदायको ध्यान नेपाल तिर आकर्षित गर्न आयोजना गरिएको कार्यक्रममा मन्त्री पोखरेलले नेपाल सरकार समृद्ध नेपाल, सुखि नेपालीको नाराका साथ अघि बढिरहेको बताउदै नेपाल सुन्दर, सुरक्षित र महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए ।
तस्बिर सुनिल खड्का



