गोरखा समाचारदाता
असार ३१ गते । रोजगारी पछि फर्किएका गोरखाका सुरेश गुरुङ्गलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
बैदेशिक रोजगारी शिलसिलामा खाडी देश कतारमा काम गर्ने गुरुङ्गलाई नेपाल आएका बखत राजधानीबाट प्रहरी नियन्त्रणमा लिएको हो ।
गोरखा आरुघाट गाउँपालिका १ साविक मान्बु गाउँ विकास समिति माझगाउँका गुरुङ्गले कतारबाटै नेपालमा रहेकी एक महिलालाई अश्लिल म्यासेज पठाए पछि गुरुङ्गलाई पक्राउ गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । कतारबाट असार २६ गते नेपाल आएका उनलाई कतारको बोर्डर इमिग्रेसनले नेपाल आएको जानकारी दिएको थियो ।
राजधानीको गोगंबु क्षेत्रबाट पक्राउ परेका गुरुङ्गलाई साईबर अपराधमा मुद्वा दर्ता गरेको छ । अश्लिल म्यासेज आएको महिलाले प्रहरीमा उजुरी दिए पछि नेपाल प्रहरीले उनको खोजी गरी रहेको थियो ।
गुरुङ्ग विरुद्व महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवलाई जेठ १७ गते नै डिफ्युजन नोटिस जारी गर्न अनुरोध गरेको थियो ।



