×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

डोनल्ड ट्रम्पको ‘विभेदकारी टिप्पणी’बारे के भन्छन् चार महिला सांसद ?

  •  
  • मङ्गलबार, असार ३१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “आफ्नो देश” फर्कन भनेका आप्रवासी मूलका चार महिला सांसदहरूले टम्पले आफ्ना असफल नीतिहरूबाट ध्यान अन्तै मोड्न विभेदकारी टिप्पणी गरेको बताएका छन्।

    एउटा पत्रकार सम्मेलनलाई उनीहरूले ट्रम्पका भनाइमा भन्दा पनि नीतिमा केन्द्रित हुनुपर्ने जोड थिए।

    ट्रम्पले निसाना बनाएका एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब, आयान्ना प्रेस्ली र इल्हान ओमर फरक जातीय पृष्ठभूमिबाट आएका हुन्।

    ओमर बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् भने अरू तीन जना अमेरिकामै जन्मेहुर्केका हुन्। उनीहरू चारै जना २०१८ मा सांसद निर्वाचित भएका हुन्।

    उता राष्ट्रपति ट्रम्पले भने आफ्नो प्रतिरक्षा गर्दै थप आक्रामक टिप्पणी गरेका छन्। उनले ती सांसदहरूले अमेरिकालाई घृणा गर्ने गरेको आरोप लगाएका छन्।

    ती सांसदहरूले ट्रम्पले मूल विषयबाट ध्यान अन्तै मोड्न आफूहरूमाथि त्यस्तो टिप्पणी गरेको आरोप लगाएका छन्।

    के भने उनीहरूले

    ट्रम्पले ती महिलाहरू “पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको” भन्दै आइतवार उनीहरूलाई आफ्नो थातथलोतिर फर्कन भनेका थिए।

    ट्रम्पको ट्वीट जातिवादी र विभेदकारी भएको भन्दै धेरैले आलोचना गरे।

    ती सांसदमध्ये दुई जनालाई ट्रम्पलाई महाभियोग लगाउनुपर्ने माग दोहोर्‍याएका छन्।

    आफूहरूलाई एक्ल्याउने र चुप लगाउने प्रयास सफल नहुने भन्दै ती सांसदहरूले आफूहरू चार जना मात्रै नभएर न्यायसङ्गत राष्ट्र निर्माणमा लागिपरेका व्यक्तिहरू पनि आफ्नो समूहमा भएको बताएका छन्।

    उनीहरूले स्वास्थ्यसेवा, बन्दुकजन्य हिंसा र मेक्सिकोको सीमामा आप्रवासीहरूलाई बन्दी बनाइएका जस्ता विषयमा ध्यान केन्द्रित गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।

    “यदि तपाईँहरू सन्तुष्ट हुनुहुन्न भने, यदि सधैँ गुनासो मात्र गर्नुहुन्छ भने तपाईँहरू जान सक्नुहुन्छ,” ह्वाइट हाउसबाहिर आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने।

    आलोचना

    सामाजिक सञ्जालमा गरिएको आफ्नो अभिव्यक्ति विवादमा परेपछि ट्रम्प अझ आक्रमक भएका छन्।

    ती चार सांसदले अमेरिकाका शत्रुलाई मन पराएको आरोप लगाउँदै ट्रम्पले अमेरिकामा खुसी नभए उनीहरू देशबाहिर जान सक्ने टिप्पणी गरे।

    ट्रम्पको उक्त भनाइको विपक्षी दलका नेताहरूले तीव्र आलोचना गरेका छन्।

    रिपब्लिकन पार्टीबाट केही सदस्यहरूले मात्र टिप्पणी गरेको भए पनि सिनेटर सुसन कोलिन्सले भने ट्रम्पको अभिव्यक्ति अस्वीकार्य रहेको भनेकी छन्।

    राष्ट्रपति पदका लागि भएको निर्वाचनमा ट्रम्पको प्रतिद्वन्द्वी बनेकी हिलरी क्लिन्टनले पनि अमेरिकाका थुनुवा केन्द्रमा व्याप्त अमानवीय अवस्थाबारे ध्यान आकर्षण गरेकाले ती सांसदमाथि आक्रमण गरिएको बताएकी छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असार ३१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.