गोरखा समाचारदाता
असार ३१ गते । आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा रुकुम जिल्ला अदालतले उनका बुवालाई जन्मकैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायधीस आत्मदेव जोशीको इजलासले सोमबार उत्त फैसला गरेको थियो । जिल्लाको सानीभेरी गाउँपालिकाका ३४ वर्षीय वुवाले १७ बर्षिया छोरीलाई बलात्कार गर्दै आएका थिए । पिडक ब्यक्तिलाई २५ वर्ष जेल सजायका र पीडित छोरीलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेष्तेदार शिवहरि सुवेदीले जानकारी दिए ।
०७५ चैत १ गते बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो । रुकुम जिल्ला अदालतमा गत चैत २८ गते मुद्दा दर्ता गरेकोमा सोही दिन पुर्पक्षका लागि पिडकलाई कारागार चलान गरिएको थियो ।



