×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

नेपाल मनसुनः ‘मृतकको सङ्ख्या ६७ पुग्यो, ३० बेपत्ता’

  •  
  • सोमबार, असार ३०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालका विभिन्न स्थानमा अविरल वर्षाका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ६७ पुगेको नेपाल प्रहरीले जनाएको छ।

    मृत्यु हुनेमध्ये ४१ जना पुरुष र २६ महिला रहेको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ।

    अहिलेसम्म ३० जना बेपत्ता र ४३ जना घाइते भएको प्रहरीले जनाएको छ।

    सबैभन्दा बढी ललितपुर, भोजपुर र रौतहटमा पाँच-पाँच जना गरी १५ जनाको ज्यान गएको छ।

    सिन्धुली, सिरहा, ओखलढुङ्गा र मकवानपुरमा चार-चार गरी १६ जनाको ज्यान गएको छ।

    काभ्रे, धनुषा, खोटाङ र काठमाण्डूमा तीन-तीन जना गरी १२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

    त्यसैगरी बारा, पर्सा, झापा, उदयपुर, महोत्तरी, धादिङ र डोल्पामा दुई-दुई गरी १४ जनाको मृत्यु भएको छ।

    नेपाल प्रहरी

    देशका विभिन्न ठाउँमा अविरल वर्षाले ल्याएको बाढी तथा पहिरोका कारण अझै ३० जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

    गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार प्रभावित क्षेत्रमा २५ सयभन्दा बढी मानिसको उद्धार गरिएको छ।

    खासगरी तराईका जिल्लामा कतिपय गाउँ नै डुबानमा परेकोले विस्थापितहरूको यकिन विवरण आउन बाँकी रहेको नेपाल प्रहरीका सहप्रवक्ता थापाले बताए।

    सरकारले भने बाढी र पहिरोका कारण कम्तीमा पनि १० हजार परिवार विस्थापित भएको जनाएको छ।

    बाटो कहाँ कहाँ अवरुद्ध छ ?

    बाढी तथा पहिरोका कारण देशका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको छ।

    • भट्टेडाँडा-आग्राङ-टुङगुन जाने शान्ति लोकपथको हेटौँडा जाने सडकखण्ड
    • इन्द्रसरोवर गाउँपालिका-२ र ३ स्थित सिस्नेरी फर्पिङ जाने सडकखण्ड
    • जनकपुरबाट जलेश्वर जाने सडकखण्ड
    • फिकल गाउँपालिका-६ बहादुरे खोला, सोलु खोला र खाङखाङ खोलामा पहिरो गई मध्यपहाडी लोकमार्ग
    • मानेभज्याङ गाउपालिका-७ सिद्धिचरण राजमार्ग
    • गगने खोलामा पहिरो खसेर सुर्खेत-कालिकोट-जुम्ला जोड्ने कर्णाली राजमार्ग
    • भोजपुर नगरपालिका-१० स्थित गजुरमुखी भीरमा पहिरो खसरे भोजपुर-धनकुटा सडकखण्ड
    • नासो गाउँपालिका-१ म्यादीखोलामा पानीको बहाव बढी बेँसीसहर-मनाङ सडक
    • मुस्ताङ थासाङ गाउँपालिका-४ घोप्टेभिरमा कालीगण्डकी नदीको पानीको बहाव बढी बेनी-जोमसोङ जाने सडक
    डोल्पा

    प्रहरीका अनुसार कुलेखानी सरोवरमा बिहान पानी बढ्ने क्रम बढिरहेको भए पनि अहिले बढ्ने दर घटेको हुँदा टर्बाइनबाट नै नियन्त्रित निकास भइरहेको छ ।

    यसअघि प्रहरीले त्यसलाई खोल्न सुरु गरिने जनाएको थियो।

    Twitter post by @NEOCOfficial: कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएर  २५.४/३० मिटर पुगेको हुँदा बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको छ । केही घण्टा पछि खोल्न शुरु हुन्छ । तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउनु होला।

    मौसमसम्बन्धी पूर्वानुमान के छ ?

    मनसुन न्यून चापीय रेखा तराई भूभागमा अवस्थित छ र त्यसका कारण मनसुनी गतिविधि देशभरि सक्रिय अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार हाल देशको मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्णतया बदली छ भने पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली छ।

    महाशाखाका नायब मौसम विज्ञान सहायक अमरकृष्ण वासीका अनुसार सोमवार दिउँसो देशभरि सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ।

    देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक वा दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको उनले बताए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.