गोरखा समाचारदाता
असार ३० गते । ब्लड क्यान्सरबाट पिडीत गरिमा गुरूङ्ग र बोण्ड म्यारो क्यान्सर पिडित चन्द्रकिरण न्यौपानेको लागि संकलित रकम हस्तान्तरण गरीएको छ ।
गोरखा जिल्ला शहिद लखन गााँउपालीकाकी गरिमा गुरूङ्ग र गंगाजमुना गाँउपालीका धादिङ्गका चन्द्रकिरण न्यौपानेको उपचारको लागि अष्ट्रेलियामा संकलित भएको रकम नेपालमा हस्तान्तरण गरिएको हो । सामाजिक अभियान्ता शिब बन्जाराद्वारा संकलित सहयोग रकम उनीहरुको परिवारलाई हस्तान्तरण गरिएको अभियान्ता बञ्जाराले बताए ।

बञ्जाराले सामाजिक सञ्जाल मार्फत १ हजार ३ सय ४.१० अष्ट्रेलियन डलर सँकलन गरेका थिए । सँकलित रकम नाम्जुङ्ग सेवा समाजद्वारा दुबै बिरामीको उपचार्थ बराबरी बितरण गरिएको थियो ।
यता गुरूङ्गको भने उपचारको क्रममा निधन भएको छ भने चन्द्र किरण न्यौपानेको बोण्ड म्यारोको ट्रान्सप्लान्ट गर्ने तयारी भैरहेको छ ।




