×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सिरानचोकले ल्यायो ६४ करोडको बजेट

  •  
  • सोमबार, असार ३०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • एकिकरण पार्क देखि रिङ्रोड सम्मका योजना

    नरेन्दै ढकाल

    असार ३० गते । सिरानचोक गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । जिल्लाका अधिकाशं स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरिसक्दा समेत तयारीमा जुटिरहेको सिरानचोकले केही गौरवका योजनाहरु सहित ६४ करोडको बजेट सार्वजानिक गरेको हो । ‘केही नयाँ कार्यक्रमलाई अघि सारेका छौं’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने ‘केही पुराना राम्रा कार्यक्रमले पनि निरन्तरता पाएका छन् ।

    आईतबार गाउँसभामा उपाध्यक्ष रीता देवकोटाले नीति तथा कार्यक्रम र बजेट पेश गरेकी हुन् । सिरानचोक कोटको संरक्षण, कोट परिसरमा नेपालका राष्ट्रिय विभूती अमरसिहं थापा र विरसेना झाजल गुरुङको स्मारक पार्क बनाउने, वडा नम्बर ५ ग्रागे भञ्जाङमा नेपाल एकिकरण पार्क निर्माण गर्ने, सिरानचोक चक्रपथलाई पुर्णता दिने, गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने लगायतका कार्यक्रमहरुलाई गौरबको योजनाको रुपमा व्यख्या गरिएको छ । ‘रिङरोडको काम हामीले गत वर्ष देखि नै सुरु गरेका थियौं, यस वर्ष पूर्णता दिने काम हुन्छ’ अध्यक्ष गुरुङले भने ‘पार्क बनाउने, कोट संरक्षण गर्ने कामले पनि आगामी ४ वर्ष भित्र पूर्णता पाउँछ ।’ ‘हाम्रो इतिहास, हाम्रो गौरव, हाम्रो पर्यटन’ भन्ने मुल नाराका साथ विकास र पर्यटनलाई सँगसँगै अघि बढाउने नीति लिइएको छ ।

    बित्तिय समानीकरण तर्फ संघीय सरकार मार्फत रु. १३ करोड ४७ लाख र प्रदेश सरकार मार्फत रु. १ करोड २१ लाख ८९ हजार, विद्युत रोयल्टी तर्फ रु. १ लाख ९६ हजार ८ सय २८, जिल्ला समन्वय समितिको अनुदान रु.१ करोड १० लाख, अघिल्लो आर्थिक वर्षको अनुमानित रु. ७ करोड ५२ लाख २९ हजार, सामाजिक सुरक्षा भत्ता तर्फ रु. ११ करोड, संघीय सरकार र प्रदेश सरकारको राजश्व रु.७ करोड ७२ लाख २१ हजार तथा संघीय सरकारको शसर्त अनुदान रु. २० करोड ९७ लाख गरी जम्मा रु. ६४ करोड २ लाख ३५ हजार ८ सय २८ अनुमानित बजेट पेश गरिएको हो ।

    बजेटमा विभिन्न प्राथमिकताहरु समेत निर्धारण गरिएको छ । समुन्नत समाजको निर्माण र समृद्धिको लागि सिरानचोकको विकास, भुकम्पबाट क्षतिग्रस्त निजि आवास पुनःनिर्माणमा जोड, कृषिको विविधिकरण र व्यबसायिकरण, सडक स्तोरउन्ती तथा आवश्यक सडक निर्माणको नयाँ ट्रयाकको अन्त्य गर्ने र पर्यटन पुर्वाधारको विकासलाई मुख्य जोड दिइएको छ । यसैगरी गुणस्तरिय शिक्षा, खेलकुद, प्राविधिक शिक्षामा जोड, खानेपानी तथा सरसफाईमा पहुँच बृद्धि, स्वरोजगारको सृजना गरी आयआर्जनमा वृद्धि र सार्वजनिक सेवा प्रवाहमा प्रभावकारितालाई बजेटले जोड दिएको छ ।

    यसैगरी बेरोजगारी अन्त्य गर्नका लागि कृषि र पशुपालनमा अनुदान प्रदान गर्ने, महिला तथा बालबालिकाको स्वास्थ्य प्रर्वद्धनका लागि आमा समूह बैठकलाई जोड दिने, सार्वजानिक पूर्वाधार निर्माणमा श्रमदान गर्ने बानीको बिकास गर्ने ‘मेरो श्रम हाम्रो बिकास’ कार्यक्रमलाई गाउँपालिकाले विशेष महत्व दिएको छ । सिरानचोकले आगामी आर्थिक वर्षमा एक करोड राजस्व उठाउने अनुमान गरेको छ । अहिलेसम्म गाउँपालिकाको केन्द्र निर्धारण गर्न नसकेको उक्त गाउँपालिकाले सोको टुंगो लगाएपछि बजेट ल्याउने तयारी गरेको थियो ।

    तर सहमती नजुटेपछि उक्त विषयलाई स्थगित गरी आगामी वर्षको नीति तथा कार्यक्रम बजेट ल्याएको हो । ‘केन्द्र निर्धारण नहुँदा हामीले अन्य पूर्वाधारका काम सुरु गर्न पाएका छैनौं, एउटै भवनबाट सेवा प्रवाह गर्न धेरै समस्या भएको छ’ अध्यक्ष गुरुङले भने ‘केन्द्र फाइनल गरेर बजेट ल्याउन त भन्दा ढिला हुन गएको हो ।’ अध्यक्ष गुरुङको अध्यक्षतामा भएको सभाले केही ऐनहरु समेत पास गरेको छ । अन्य ऐन तथा नियामवलीहरु छलफल कै क्रममा रहेकाले हिउँदे अधिवेशन केही दिनका लागि स्थगित गरिएको सिरानचोक गाउँपालिकाले जनाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.