गोरखा समाचारदाता
असार २८ गते । उत्तरी गोरखाको आरुघाट गाउँपालिकाले किसानहरुलाई हाते ट्याक्टर बितरण गरेको छ ।
गाउँपालिकाले ७० प्रतिशत अनुदानमा पालिका भित्र बसोबास गर्ने २४ जना किसानलाई हाते ट्याक्टर बितरण गरेको गाउँपालिकाले जानकारी दिएको छ ।
ग्रामिण क्षेत्रका किसानहरुलाई कृषीमा आधुनिकरण गर्ने लक्ष्यका साथ पालिकाले किसानहरुलाई हाते ट्याक्टर दिएको हो । पहाडी क्षेत्रमा हुने साना गराहरुमा समेत जोत्न सजिलो हुने र बाँझो जमिनमा खेती गर्न सहज हो भन्ने उद्वेश्यराखी अनुदानमा किसानलाई ट्याक्टर बितरण गरेको गाउँपालिकाले जनाएको छ ।



