×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

केम्ब्रिज एनलिटिका: अमेरिकामा फेसबुकलाई साढे पाँच खर्ब जरिबाना गर्ने निर्णय

  •  
  • शनिबार, असार २८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी नियामकले तथ्याङ्कको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर (साढे पाँच खर्ब नेपाली रुपैयाँ) जरिवाना तिराउन अनुमति दिएको पत्रपत्रिकाले लेखेका छन्।

    फेडरल ट्रेड कमिशन एफटीसीले केम्ब्रिज एनलिटिका नामक राजनीतिक परामर्श संस्थाले फेसबुकबाट आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्याङ्क प्राप्त गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ।

    एसटीसीमा यस सम्बन्धमा मतदान हुँदा ३-२ मतले फेसबुकको जरिबाना तय भएको बताइएको छ।

    फेसबुक र एफटीसी दुबैले बीबीसीलाई उक्त समाचारका बारेमा टिप्पणी नगर्ने बताए।

    जरिवाना कसरी निर्धारण भयो?

    एफटीसीले सन् २०१८ को मार्च महिनामा अनुसन्धान सुरु गरेको थियो।

    अनुसन्धानको फेसबुकले सन् २०११ को एउटा सहमति भङ्ग गर्यो कि गरेन् भन्नेमा केन्द्रित थियो। सो सहमतिमा फेसबुकले तथ्याङ्क अरूलाई दिँदा प्रयोगकर्तालाई जानकारी दिनुपर्ने र उनीहरूबाट सहमति लिनुपर्ने प्रावधान छ।

    द वाल स्ट्रीट जर्नलमा प्रकाशित समाचार अनुसार एफटीसीमा सत्तारूढ रिपब्लिकन समर्थकहरूले फेसबुकलाई पाँच अर्ब डलर जरिबाना लगाउनुपर्ने पक्षमा र डेमोक्र्याटहरू विपक्षमा रहेका थिए।

    अन्य समाचारमा प्रयोग भएका स्रोतहरूले पनि सोही जानकारी प्रदान गरेको बताइएको छ।

    फेसबुक

    सो जरिवाना न्याय मन्त्रालयले स्वीकृत गर्नुपर्ने र त्यसको लागि लाग्ने समय अस्पष्ट भएको जनाइएको छ।

    फेसबुक र एफटीसीले सो समाचारलाई पुष्टि गरेका छैनन् र बीबीसीसँग टिप्पणी नगर्ने बताएका छन्।

    तर जरिवाना रकम फेसबुकले अनुमान गरेकै जति छ। फेसबुकले एप्रिलमा आफ्ना शेयरधनीहरूलाई ठूलो जरिबानाको लागि त्यतिनै रकम छुट्टाएर राखेको बताएको थियो।

    यो स्वीकृत भएको अवस्थामा कुनै पनि प्रविधि कम्पनीमाथि एफटीसीले लगाएको सबैभन्दा ठूलो जरिबाना हुनेछ।

    फेसबुकका लागि भने यो रकम वार्षिक नाफाको एक चौथाइभन्दा केही धेरै हो।

    मार्क जकरबर्ग

    केम्ब्रिज एनालिटिका काण्ड

    ब्रिटेनको राजनीतिक परामर्शदाता कम्पनीले राजनीतिक लाभका लागि गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको आरोप लागेको थियो।

    केम्ब्रिज एनालिटिकाले ती विवरणहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानमा सघाउ पुर्याउन प्रयोग गरेको थियो।

    सो संस्थाले ती तथ्याङ्क एउटा प्रश्नोत्तरको माध्यमबाट सङ्कलन गरेको थियो। सो प्रश्नोत्तरमा सहभागी फेसबुक प्रयोगकर्ता र उनीहरूको सबै साथीहरूको तथ्याङ्क सङ्कलन गर्न मिल्ने गरी सो प्रश्नोत्तर बनाइएको थियो।

    फेसबुकले हाल बन्द भएको सो कम्पनीसँग आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्याङ्क भएको बताएको थियो।

    सो काण्डका बारेमा धेरै देशमा फेसबुकमाथि अनुसन्धान सुरु भएको थियो।

    यसअधि ब्रिटेनमा क्याम्ब्रिज एनालिटिका प्रकरणमा फेसबुकको भूमिकालाई लिएर पाँच लाख पाउन्ड जरिबाना गरिएको थियो।

    त्यो ब्रिटेनको डेटा नियामक निकायले असुलेको अधिकतम जरिबाना थियो।

    शेयर बजारको प्रतिक्रिया

    लगानीकर्ताहरूले फेसबुकमाथिको जरिवानालाई सकारात्मक ढङ्गले लिएका छन् र फेसबुकको शेयर १.८ प्रतिशतले उकालो लागेको छ।

    तर केही डेमोक्र्याट सांसदहरूले जरिवाना रकम थोरै भएको भन्दै यसको आलोचना गरेका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.