×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

रेडक्रसको राहत सामाग्री चोरी गर्ने ४ जना पक्राउ

  •  
  • शनिबार, असार २८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    असार २८ गते । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको राहत सामाग्री चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन । पक्राउ परेका सबैलाई गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

    शाखाले गोरखा नगरपालिका ९ को बिरेनचोकमा रहेको गण्डकी बचत तथा ऋण सहकारी संस्था लि.को भवनमा राखेको गोदामबाट राहत सामाग्रीहरु मध्ये त्रिपाल, म्याट्रिस, रेनकोट र कम्बल लगायतका सामाग्री चोरी गरेको भन्दै बारा जिल्ला पचरौता नगरपालिका १ घर भई गोरखा नगरपालिका ९ बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सियाराम माझी र सञ्जय महतो टर्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    आरोपित ४ जनाले असार २६ गते नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको अफिसबाट त्रिपाल ५० थान, कम्बल ५० थान, ब्ल्याङकेट १० थान, रेनकोट १ थान, सिल्पीङ ब्याग १० थान चोरी गरेका थिए । आरोपीतहरुले २ लाख ५० हजार बरावरको सामाग्री चोरी गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति भगवानबावु मास्केले बताए ।

    मास्केका अनुसार चोरी गर्ने उत्त समूहले काटा, चम्चा, म्याट्रिस, प्रेसर कुकर, साबुन, ब्रस, पेष्ट, बाल्टीन, फाईबर सिरक, ट्राउजर जस्ता सामाग्री चोरी गरेका थिए । चोरी गर्ने समूहले ब्याट्री समेत चोरी गरेका थिए । चोरी भएको समाग्री मध्ये अधिकाशं सामाग्री प्रहरीले पक्राउ गरेका आरोपीतहरुको कोठाबाट बरामद गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी महेन्द्र नेपालले जानकारी दिए ।

    राहत सामाग्री क्षेति पुरयाउने ५ जनालाई सार्वजनिक मुद्वा

    शाखाले राहत सामाग्री राखेको स्थानमा राहत सामाग्रीलाई क्षेति पुरयाउने स्थानिय ५ जनालाई पनि नियन्त्रणमा लिएर सार्वजनिक मुद्वा गर्दा गराएको छ ।

    स्थानिय धनमाया थापा मगर, गिता पौडेल, अंकमाया राना मगर, सोमबहादुर राना र लालबहादुर राना सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान गरी रहेको छ ।

    पक्राउ परेका सबैले असार १६ गते त्रिपाल, म्याट्रिस, रेनकोट तथा कम्बल लगायतका राहत सामाग्रीहरुलाई काटी हानी नोक्सानी पुरयाएको भन्दै पक्राउ गरी सार्वजनिक शान्ति बिरुद्वको मुद्वा दर्ता गरेको सूचना अधिकारी नेपालले जानकारी दिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.