×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

देशभर वर्षा: काठमाण्डूमा तीनसहित कम्तीमा ११ को मृत्यु, धेरै जिल्ला उच्च सतर्कतामा

  •  
  • शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बिहीवारदेखिको अविरल वर्षाका कारण कम्तीमा ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

    गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‍कालिन कार्यसञ्चालन केन्द्रले ट्विटमार्फत बाढीका कारण ११ जनाको मृत्यु भएको, आठ जना बेपत्ता भएको र १३ जना घाइते भएको बताएको हो।

    शुक्रवार दिउँसो ४:०४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै आठ जनाको मृत्यु भएकोमा ‘गहिरो दुख’ व्यक्त गरेका छन्।

    त्यसको केही बेरमा केन्द्रले काठमाण्डूको मुलपानीमा पर्खाल भत्किँदा थप तीन जनाको मृत्यु भएको बताएको छ।

    Twitter post by @PM_Nepal: हिजोदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परी ६ जनाको ज्यान गुमेको छ भने ७ जना बेपत्ता हुनु भएको छ । बाढीले ४०० घरमा क्षति पुर्याएको छ । प्रकोपप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
    Presentational white space
    Twitter post by @NEOCOfficial: भर्खरै काठमाण्डौँको मुलपानीमा पर्खाल भत्किँदा ३ जनाको निधन भएको छ।वर्षातको बेलामा अग्ला पर्खालहरु पनि  जोखिमपूर्ण् हुन्छन्।
    Presentational white space

    दुई दिनयता देशका अधिकांश भेगमा परिरहेको वर्षाका कारण थुप्रै स्थानमा बाढी र पहिरोको जोखिम देखिएपछि खासगरी तराईका सबैजसो जिल्लालाई उच्च सतर्कतामा राखिएको अधिकारीहरूले बताएका छन्।

    पहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लामा दुई, रामेछाप, सिन्धुली र ललितपुरमा एक-एकजनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ। पर्सामा बाढीका कारण एकले ज्यान गुमाएका छन्।

    खोटाङ्मा दुई, मोरङ र सुनसरीमा एक-एक जना हराइरहेका छन्।

    मोरङका विभिन्न ठाउँका झण्डै चार सय घरधुरीका एक हजार मानिसहरूलाई अन्यत्र सारिएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधी खनालले बीबीसीलाई बताए।

    बिहीवार मुख्य रूपमा प्रदेश नम्बर १, २ र ३ का सबै चुरे क्षेत्रका खोलाहरूमा सचेत गराइएकोमा शुक्रवारबाट ठूला नदीहरूमा समेत खतराको अवस्थामा पानीको तह पुगेको बताइएको छ।

    “आवश्यक पर्दा सरकारी सहित स्थानीय तहका समुदाय तथा संघसंस्थाका सञ्जाललाई प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ,” केन्द्रका प्रमुख वेदनिधी खनालले थपे।

    वर्षाओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण यात्रुहरू अलपत्र परेका छन्

    कहाँ बढ्यो जोखिम ?

    रौतहटको लालबकैयामा बाँध कटाएर बाढीभित्र छिरेको अधिकारीहरूले बताएका छन्।

    यसअघि नै राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले मेची, निन्दा, विरिङ, मावा-रतुवा, नुनखोला, लोहन्द्रा, बुढीखोला, खेसिलिया, सुनसरी खोला, त्रियुगा, वालन, खुट्टी, चुरिया खोला, खाडो, माहुली, रातो, हर्दी, लगायतका साना नदीहरू आसपासमा सतर्क रहन सूचना जारी गरेको थियो।

    ती नदीमा जलस्तर बढ्नेगरी पानी पर्ने देखिएकोले ती आसपासका स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरिएको उक्त सूचनामा भनिएको छ।

    वर्षा

    वाग्मतीको बहावक्षेत्र अन्तर्गत रौतहट र सर्लाही जिल्लामा नदी सतह खतराको तहमा रहेको, कमला र कन्काई नदीमा बहाव सतर्कता तह नजिक पुगेको र कोशीमा त्यो सतर्क हुनुपर्ने तह नजिक देखिएको केन्द्रद्वारा जारी सूचनामा जनाइएको छ।

    बिहीवार नै तिनाउ नदीमा समेत पानीको सतह खतराको अवस्थामा पुगेपछि तल्ला भेगमा अर्को दिनसम्म सतर्क रहन भनिएको थियो।

    “मकवानपुरमा र खोटाङ् जिल्लामा समेत पहिरोको कारण केही घरहरूमा क्षति पुगेको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ,” नेपाल प्रहरीका निमित्त प्रवक्ता रमेश थापाले बताए।

    “देशभरबाट अहिले विवरण सङ्कलनको काम भइरहेको छ।”

    यातायात प्रभावित

    शुक्रवार बिहान जारी सूचनामा विपी राजमार्ग अन्तर्गत विभिन्न दुई ठाउँमा पहिरो आएपछि सडक अवरूद्ध रहेको बताइएको थियो।

    सिद्धार्थ राजमार्ग अन्तर्गत समेत बुटवल-पाल्पा सडक खण्डमा सडक अवरूद्ध छ।

    लमजुङ-मनाङ र भोजपुर-धरान सडकखण्ड समेत अवरूद्ध छ।

    मुग्लिन-नौबिसे सडकखण्ड अन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला नजिकै लेदोले सडक पुरिएपछि सडक अवरुद्ध भएको राससले जनाएको छ।

    वर्षा

    पूर्व पश्चिम राजमार्गको रौतहटमा समेत बाटो अवरूद्ध भएकोमा तिनलाई हटाउने प्रयासहरू सुरु गरिसकिएको प्रहरीका निमित्त प्रवक्ता थापाले बताए।

    हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ आउने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा शुक्रवार बिहानदेखि हेटौँडा-कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ ।

    राससका अनुसार त्रिभुवन राजपथको बागझोरामा बिहान आएको बाढीले हेटौँडा-काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको छ।

    शुक्रवार बिहान काठमाण्डू विमानस्थलमा अवतरणको क्रममा यति एयरलाइन्सको विमान चिप्लिएपछि अवतरणका क्रममा रहेका थुप्रै विमानलाई अन्यत्र पठाइएको थियो।

    तराईका केही विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्।

    उपत्यका सहित देशका थुप्रै शहरहरूमा पानीको भेल पसेको विवरणहरू आएका छन्।

    के छ पूर्वानुमान ?

    शनिवारसम्म मनसुनको न्यूनचापिय रेखा पूर्व र मध्य नेपालमा देखिएकोले पर्सिसम्म निरन्तर पानी पर्ने मौसमी अवस्था देखिएको मौसमविद्हरूले जनाएका छन्।

    त्यसरी सिर्जना भएको अवस्थाका कारण पानी र कतिपय अवस्थामा हावाहुरी समेत आउने देखिएको छ।

    वर्षावर्षासँगै गएको पहिरोले बिपी राजमार्ग सहित देशका विभिन्न सडक खण्ड अवरूद्ध भएका छन्।

    “आइतबारबाट न्यूनचापिय क्षेत्र कमजोर हुने देखिएको भए पनि दुई दिनयता लगातार पानी पर्दा माटो उच्च विन्दुमा गलेर बग्ने जोखिम छ। आइतवारपछि पनि जोखिम तत्काल कम हुने देखिँदैन,” मौसम पूर्वानुमान विभागकी मौसमविद् विभूति पोखरेलले भनिन्।

    “न्यूनचापीय रेखा उत्तरतर्फ रहेकोले मनसुन नेपालमा सबैभन्दा बढी सक्रिय छ। पानी पर्ने क्रम बढी र कम भएपनि वर्षाको प्रभाव देशभर हुने देखिन्छ।”

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा शुक्रवार विशेष बुलेटिन जारी गर्दै तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको राससले बताएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.