×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

‘बर्डफ्लूपीडित’ किसानलाई ८ करोडभन्दा बढी क्षतिपूर्ति बाडिँदै

  •  
  • शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    २७ असार, काठमाडौं । बर्डफ्लूका कारण नोक्सानी व्यहोरेका ९ जिल्लाका कुखुरापालक व्यवसायीलाई सरकारले ८ करोड १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । पछिल्लो सात महिनामा देशका विभिन्न भागमा देखिएको बर्डफ्लू संकमणका कारण नष्ट गरिएका कुखुरा तथा अण्डा र दानाको क्षतिपूर्ति वितरण गरिने पशुसेवा विभागले जनाएको छ ।

    विभागका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नवलपरासी, मोरङ, सुनसरी र कास्कीका किसानको गत फागुनदेखि असारसम्म नष्ट गरिएका कुखुराको बजार मूल्यको ७५ प्रतिशत रकम क्षतिपूर्ति दिन थालिएको हो । ललितपुर, भक्तपुर र काठमाडौंका किसानले क्षतिपूर्तिको रकम बुझिरहेका छन् भने मकवानपुरका अधिकांश किसानले क्षतिपूर्ति लिईसकेका छन् । संक्रमणग्रस्त रसुवा जिल्लाको लागि भने क्षतिपूर्ति वितरणका लागि स्थानीय बजार मूल्य अध्ययनको काम जारी रहेको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए ।

    देशैभरका पीडित किसानका लागि क्षतिपूर्ति वितरणको कार्य श्रावण अन्तसम्म गरिसक्ने लक्ष्य विभागको छ । विभागले काठमाडौंका कुखुरापालक किसानका लागि २ करोड ७५ लाख २५ हजार, भक्तपुरका लागि ७४ लाख ६६ हजार, ललितपुरका लागि १८ लाख ८३ हजार वितरण गर्नेछ । मकवानपुरका किसानले ४ करोड ४२ लाख ११ हजार रुपैयाँ पाइसकेका छन् ।

    हालसम्म ललितपुर र मकवानपुरका सबै पिडितले क्षतिपूर्ति लिई सकेका छन् भने काठमाडौं र भक्तपुरका केही किसानले अझै क्षतिपूर्ति रकम लिने क्रममा रहेको विभागले जनाएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुरका ५४ कृषकले क्षतिपूर्ति पाइसकेको विभागका सिनियर भेटेनरी अधिकृत मुकुल उपाध्यायले बताए ।

    विभागका अनुसार पछिल्लो ७ महिनामा बर्ड फ्लूका कारण ९ जिल्लामा १ लाख २० हजार ६६६ किलो बराबरको कुखुरा, २१ हजार १८२ किलो दाना र ५० हजार ७६६ वटा अण्डा नष्ट गरिएको थियो ।

    विभागका अनुसार प्रदेश सरकारमार्फत कास्की, मोरङ, सुनसरी, तथा नवलपरासीमा पनि क्षतिपूर्ति वितरण सुरु गरिएको छ । प्रदेश १ सरकारले १८ सय ३२ किलो कुखुरा तथा ४९ कार्टुन अण्डा तथा १५ क्वीन्टल दानाको १४ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति किसानलाई दिएको विभागले जनाएको छ ।

    यस्तै कास्कीमा पनि पाँच कृषकले २४ हजार ४३१ रुपैयाँ क्षतिपूर्ति बुझेका छन् । कृषकलाई वितरण गरिएको क्षतिपूर्ति बजार मूल्यको ७५ प्रतिशत हुन आउने विभागले जनाएको छ । सरकारले बर्डफ्लू पिडित किसानका लागि क्षतिपूर्ति दिन ६ करोड ६१ लाख ४० हजार विभागलाई पठाएको थियो । तर विभागले पीडितका लागि अनुमान गरेको रकम ८ करोड १० लाख ८० हजार रुपैयाँ बराबर हुन आउने जनाएको छ ।

    नेपालमा पहिलोपटक २०६७ साल माघ २ गते झापामा बर्ड फ्लूको संक्रमण फेला परेको थियो । पछिल्लो समय काठमाडौं उपत्याकासहित देशका विभिन्न भागमा बर्ड फ्लूको संक्रमण देखिने गरेको छ । कुखुराको मासु तथा अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर मानिन्छ । नेपालभर पोल्ट्री व्यवसायमा एक खर्ब हाराहारी लगानी रहेको विश्वास गरिन्छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.