काठमाडौं : असार २७ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । गत आइतवार १४ वटा एजेण्डा मात्र प्रस्तुत गरेर रोकिएको बैठक आज पुनः बस्न लागेको हो । बैठकवाट नियमावली मस्यौदा पारित गर्ने र संघीय संरचनाअनुसार संगठन निर्माण गरी १४ औँ महाधिवेशनको कार्यतालिका तोक्ने तयारी कांग्रेसको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितीका विषयमा छलफल हुनेछ । बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानका विषयमा पनि छलफल हुनेछ । यस्तै पार्टीको जागरण अभियानको समिक्षा गर्ने, तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबीचको एकतालाई अन्तिम रुप दिने विषय पनि बैठकको कार्यसूचिमा छन् ।



