×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

झण्डै १२ हजार घरको छुट तथा पुनःजाँच सर्वेक्षण

  •  
  • शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    भूकम्प गएको ४ वर्ष बितिसक्दा समेत नाम छुटेका पिडितले अनुदान पाएका छैनन् । लाभग्राहीको सूचीमा नाम समावेश नभएको भन्दै गुनासो फारम भरेका ११ हजार ९ सय ५७ मध्ये अहिले सम्म ३ सय ९८ घरको पुर्नसर्वक्षण हुन सकेको छैन् । ‘गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकामा छुट तथा पुनःजाँच सर्वेक्षण लागत संकलन बाँकी छ’ जिल्ला आयोजना कार्यान्वय इकाईका भवनका इन्जिनिर युवक श्रेष्ठले भने ‘अरु ९ वटा स्थानीय तहमा यो काम सकिसकेको छ ।’ गोरखा नगरपालिकामा २ सय ९८ र भीमसेन थापा गाउँपालिकामा १ सय घरको पुनःजाँच सर्वेक्षण बाँकी रहेको उनले बताए । पुनःजाँच सर्वेक्षण गरिपाउँ भनि निवेदन दिएका ११ हजार ९ सय ५७ मध्ये ११ हजार ५ सय ५९ घरको स्थलगत लगत संकलन सकिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जानकारी दिएको छ । ‘हाम्रो घर भत्किदाँ पनि अनुदान पाएयौं भनेर जसले स्थानीय तहमा निवदेन दिनुभएको थियो’ उनले भने ‘हामीले उहाँहरुको घरको स्थलगत पुनःजाँच सर्वेक्षण गरिएको छ ।’

    गोरखा नगरपालिकाबाट २ हजार ६६ घर परिवारले निवेदन दिएकोमा १ हजार ७ सय ६८ घरको स्थगत लगत संकलन सकिएको उनले बताए । पालुङ्टार नगरपालिकामा १ हजार ८ सय ६५ घरको छुट तथा पुनःसर्वेक्षण जाँच भएको छ । यसैगरी आरुघाट गाउँपालिकामा ९ सय ३४, बारपाक सुलिकोट गाउँपालिकामा ७ सय ६३, सिरानचोक गाउँपालिकामा ८ सय ४४ र शहिद लखन गाउँपालिकामा १ हजार ४ सय ७४ घरको पुनःसर्वेक्षण गरिएको जिल्ला आयोजना कार्यान्वय इकाइले जानकारी दिएको छ । यसैगरी गण्डकी गाउँपालिकामा १ हजार २ सय ३९, धार्चे गाउँपालिकामा ४ सय, चुमनुब्री गाउँपालिकामा ४ सय ३८, भीमसेन थापा गाउँपालिकामा १ हजार ३ सय ७ र अजिरकोट गाउँपालिकामा ६ सय २७ घरको पुनःसर्वेक्षण जाँच गरिएको इन्जिनियर श्रेष्ठले बताए ।

    २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएका ७१ हजार ७६ घरलाई लाभग्राहीको सूचीमा समावेश गरिएको छ । ती मध्ये ६५ हजार ७ सय १८ घर पूर्ण क्षति रहेकोले पुनःनिर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको थियो । यसैगरी ५ हजार ३ सय ४९ घरमा भूकम्पको आंशिक असर परेकाले मर्मत अथार्त प्रवलीकरण गर्ने सूचीमा राखिएको छ । कुल लाभग्राही मध्ये हालसम्म ५२ हजार ८ सय ११ घर निर्माण सम्पन्न भइसकेका छन् । उक्त घरको तेश्रो किस्ता समेत वितरण भइसकेको छ ।

    हालसम्म ५९ हजार ३ सय ४५ जनाले दोश्रो र ६४ हजार ९ सय ९२ लाभग्राहीले पहिलो किस्ता बुझेका छन् । प्रवलीकरण अनुदान तर्फ भने १ हजार ५ सय ४३ जनाले पहिलो, ४९ जनाले दोश्रो र ३३ लाभग्राहीले तेश्रो किस्ता लिएका छन् । लाभग्राहीको सूचीमा रहेका ६ हजार ७५ घर परिवारले अहिलेसम्म पहिलो किस्ता समेत बुझेका छैनन् । यसैगरी प्रवलीकरणको सूचीमा रहेका ३ हजार ८ सय ६ र पुनःनिर्माणको सूचीमा रहेका २ हजार २ सय ६९ घर परिवारले पनि अहिलेसम्म पहिलो किस्ताको रकम नलगेको पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ ।

    तस्विर गुगलबाट कपी गरीएको हो

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.