×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

पाकिस्तानमा शल्यक्रियापछि ३३० किलोका व्यक्तिको गयो ज्यान

  •  
  • बिहिबार, असार २६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पाकिस्तान- तीन सय किलोभन्दा बढीको आफ्नो वजनले कतै ज्यान त जाने होइन भनेर नूर उल हसनलाई पहिल्यैदेखि मनमा डर थियो। पाकिस्तानका लेप्रोस्कोपिक सर्जरीका विशेषज्ञ डा.माज उल हसनले करिब १२ दिनअघि वजन घटाउन नूर उल हसनको सफल शल्यक्रिया गरेका थिए।

    पञ्जाबको सादिकाबादका नूर उल हसनलाई शल्यक्रियापछि लाहोरस्थित शालिमार अस्पतालको सघन उपचार कक्षमा भर्ना गरियो। डा. माजका अनुसार नूर उल हसनका सबै अङ्गले राम्ररी काम गरिरहेका थिए र गत सोमवार दिउँसोसम्म उनको भेन्टिलेशन हटाउने योजना थियो। तर डा. माजले सोमवार बिहान नूर उल हसनको स्वास्थ्य अवस्था बिग्रेको जानकारी पाए। दुर्भाग्यवश उनी अस्पताल पुग्दा नूर उल हसनको मृत्यु भइसकेको थियो।

    सामाजिक सञ्जालमार्फत् नूर उल हसनले गरेको एउटा अपीलपछि सेनाको हवाई एम्बुलेन्सबाट उनलाई सादिकाबादबाट लाहोर ल्याइएको थियो। सोमवार उनको परिवारका सदस्यले एम्बुलेन्सबाट शवलाई सादिकाबाद लिएर गइरहेका थिए। उनका छोरा मोहम्मद असलमले भने, “एम्बुलेन्सको ४० हजार रुपैयाँ भाडा डा. माजले नै तिर्नुभएको हो। यात्रा लामो छ र बुवाको पेटमा पानी भरिएको छ। अल्लाहसँग दुआ (प्रार्थना) छ कि हामी उहाँलाई राम्ररी घर लग्न सकौँ।”

    अचानक त्यस्तो कसरी भयो ?
    एउटा पत्रकार सम्मेलनको आयोजना गरी डा. माजले भने, “हृदयाघातबाट उनको मृत्यु भएको हो। त्यतिबेला शालिमार अस्पतालको सघन उपचार कक्षमा होहल्ला पनि भएको थियो।” अस्पताल प्रशासन र डा. माजका अनुसार बिहान अस्पतालको आईसीयू वार्डमा एक महिलाले बच्चाको जन्म दिइन् र केही समयपछि नवजात शिशुको ज्यान गयो।

    त्यसपछि महिलाका आफन्तहरूले आईसीयूमा तोडफोड शुरू गरे। त्यसक्रममा केही चिकित्सक र नर्सहरू पनि निशानामा परे। ज्यान जोगाउन अस्पताल प्रशासनका मान्छे त्यहाँबाट भागे। डा. माजका अनुसार उनी अस्पताल पुग्दा नूल उल हसनको अवस्था खराब पाइयो र तमाम कोशिशका बावजुद उनलाई बचाउन सकिएन।

    डा. माजले भने, “यस्ता बिरामीको मृत्यु हुन सक्ने डर भइरहन्छ। फोक्सोले काम गर्न छाड्दा वा हृदयाघातले त्यस्ता बिरामीको ज्यान जाने गर्छ। तर पोस्टमार्टमपछि मात्रै त्यो भन्न सक्ने अवस्था हुन्छ।” हुन त नूर उल हसनका आफन्तले पोस्टमार्टम गराउन अस्वीकार गरे।

    नूर उल हसनको शल्यक्रिया कसरी भयो ?
    शल्यक्रिया र त्यसपछिको उपचार खर्च बेहोर्न सक्ने नूर उल हसनको हैसियत थिएन। आफ्नो शरीरको वजनका कारण उनी विगत एक दशकयता ओछ्यानमै सीमित थिए। त्यस्तो अवस्था आउनुअघि उनले मालवाहक सवारीसाधन चलाउँथे।

    डा. माजले नूर उल हसनको निःशुल्क शल्यक्रिया गरे। शालिमार अस्पतालमा उपचार खर्च बापतको दैनिक ७० देखि ८० हजार रुपैयाँ पनि उनैले बेहोरिरहेका थिए।

    शल्यक्रियाअघि कुरा गर्दै डा. माजले नूर उल हसनको गर्न लागिएको शल्यक्रियाबारे भने, “उनलाई गर्न लागिएको शल्यक्रियामा बिरामीको पेट ८० प्रतिशतसम्म सानो पारिन्छ। त्यसमा ‘की-होल सर्जरी’ हुन्छ, पेट काट्नु पर्दैन।” शल्यक्रिया गरिएको करिब दुई वर्षपछि बिरामीको शरीरको वजन डेढ सयदेखि दुई सय किलोग्राम घट्ने अपेक्षा गरिएको उनले बताए। यद्यपि डा. माजले त्यस्तो खालको शल्यक्रिया खासगरी युवाहरूमा गर्ने गरिएको बताएका थिए। नूर उल हसन ५० वर्षभन्दा बढी उमेरको भएकाले उनको शल्यक्रिया पेचिलो थियो। पाकिस्तानमा त्यस्तो शल्यक्रिया गरिएको पहिलो घटना थियो।

    शल्यक्रियापछिको अवस्था कस्तो थियो ?
    पत्रकार सम्मेलनमा डा. माजले बताए अनुसार शल्यक्रियापछि नूर उल हसनलाई आईसीयूमा भर्ना गरियो जहाँ उनलाई भेन्टिलेशनमा राखियो। उनले भने, “हामी चाहन्थ्यौँ कि नूर उल हसनको फोक्सोलाई काम गर्न सजिलो होओस्। उनका बाँकी अङ्गले पनि पूर्ण रूपमा काम गरिहरेका थिए। मैले आफैँले हेर्दा आइतवारसम्म उनका सबै अङ्ग ठिक अवस्थामा थिए।”

    डा. माजका अनुसार सोमवार दिउँसो भेन्टिलेशन हटाउन योजना थियो। तर त्यो योजना पूरा हुन नपाउँदै शिशुको मृत्युलाई लिएर अस्पतालमा तोडफोड शुरू भइसकेको थियो र त्यसैक्रममा नूर उल हसनको मृत्यु भएको खबर आयो।नूर उल हसनका छोरा असलमले चिकित्सकहरूसँग आफ्नो परिवारको कुनै गुनासो नभएको बताए। चिकित्सकहरूको प्रयासका बावजुद आफ्ना बुवा बाँच्न नसक्नु भनेको अल्लाहको इच्छा भएको मोहम्मद असलमको भनाइ छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.