कैलासबावु श्रेष्ठ/गोरखा
असार २६ गते । गोरखा जिल्लामा नै पहिलो पटक फुलको नर्सरी स्थापना गरीएको छ । नर्सरी गोरखा सदरमुकामको पाटेचौरमा स्थापना गरीएको हो ।
गोरखा नगरपालिका–६ पाटेचौर निवासी ५ महिलाको सहभागितामा कालिका फुल नर्सरी गोरखा फर्म स्थापना गरी जिल्लामा नै पहिलो पटक फुलको नर्सरी स्थापना गरेका हुन । जनही ५० हजार र गोरखा नगरपालिकाको १ लाख ५० हजार सहयोगमा उनीहरुले सदरमुकाममा नर्सरी स्थापना गरेका हुन ।
नर्सरी एक कार्यक्रम बिच उदघाटन गर्दै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले नगर भित्रका महिलाहरुलाई ब्यवसायीक बनाउने काम चुनौती पुर्ण भएता पनि केही समय यता आफै जागरुक भएर काम गरेकोमा खुशी ब्यत्त गरे । पन्तले समाजलाई समृद्वी तर्फ जान पनि महिलाको हात हुने भन्दै नगर भित्रका महिलालाई उद्यममा लाग्न कार्यालयले गनुपर्ने सबै सहयोग गर्न तयार रहेको बताए ।

नर्सरीले पहिलो चरणमा स्थानियको बारी भाडामा लिएर २ वटा टनेल मार्फत काम गरी रहेको छ । फर्ममा अहिले बेर्ना उत्पादनको काम थालीएको छ । पहिलो चरणमा हामी आफैले सबै कुरा गर्न सक्दैनौ कि भनेर चितवन र पोखराबाट केही जातका फुलहरु ल्याएर नर्सरीमा राखेका छौ । तर अब हामी आफै नर्सरीबाट सबै जातको फुलको उत्पादनमा लाग्ने समुहकी अध्यक्ष पुष्पा श्रेष्ठले बताईन ।
नर्सरीमा अहिले मुसुण्डा, हेभिस्कस, हेलिस्कस, लक्की प्लान, मयुंर पंखी, सेलोसिया, अरटर, म्याण्डेभिला, भिका र मेरी गोल्ड जातका बेर्नाहरु बिक्रीका लागि राखिएको छ । नर्सरीले राजधानीबाट मासिक रुपमा जिल्लामा भित्रने फुल र मालालाई विस्थापित गर्ने लक्ष्य राखेको छ । नर्सरीमा राखीएका फुलहरु २५ रुपैयाँ देखी ९ सय ५० रुपैयाँ सम्मका छन ।

बिहीबार भएको उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंङ्ग थापा, गोरखा उद्योग बाणिज्य संघ अन्तरर्गतको महिला उद्यमीका जिल्ला अध्यक्ष रिता रेग्मी र नगरपालिकाकी उप मेयर बिनाकुमारी श्रेष्ठले समेतले नर्सरी स्थापनाले गोरखाली जनतामा खुशीयाली छाएको बताए ।



